Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२४ साउन, काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ ।
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय जाने बताइन् ।
दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरु आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने छन् ।
निर्वाचन आयोगले यही साउन २२ गतेदेखि दल दर्ता सुरु गरेको थियो । दल दर्ताको कार्यक्रम साउन ३१ गतेसम्म चल्ने छ ।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि तयार पारेको कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल