Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् ।
समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो । एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो ।
आइतबार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए । उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए
अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराए ।
यसो भन्छन ओली
हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन । विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिईरहेका छौं । विभिन्न संगठनहरुमार्फत खासगरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरी रहेको जनमत यसलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौं ।
र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाईरहेको छ । यस प्रसंगमा स्वभाविक रुपमा स्वयमसेवा अत्यावश्यक हुन्छ । ठूलो समूदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरु हुन्छन नै । ती जैविक क्रियाकलापहरुको व्यवस्थापन कसरी गर्ने त्यस्तो अवस्थामा त्यसलाई समग्रतामा व्यवस्थित बनाउने कुरामा स्वयमसेवाबाट मात्रै गर्न सकिन्छ ।
गोलमाल हुन नदिन, अस्तव्यस्त हुन नदिन, यता जाने कि उता जाने भन्ने भ्रम हुन नदिन, सहभागिताको कार्ड कहाँ पाईन्छ भन्दा यहाँ । नाम कहाँ लेख्ने भन्दा यहाँ । भित्र पस्ने ढोका कुन हो भन्दा यो । बस्ने सिट कुन हो भन्दा यो । बाहिर निस्कने ठाउँ कुन हो भन्दा यो । कता फर्किएर बस्ने भन्दा यता । यी सबै कुरा व्यवस्थित गर्नका लागि स्वयम सेवा चाहिन्छ । स्वयम सेवा विना पनि ती चिजहरु गर्न सकिन्छ ।
तर हामीसँग पवित्र भावनाले विना पारिश्रमिक आफ्ना कार्यहरु, आफना कर्तव्यहरु सफल बनाउनुपर्छ भन्ने भावनाले उत्प्रेरित समूदाय छदैछ भने हामीले भाडामा यसलाई एउटा व्यवसायको रुपमा चलाईरहनु पर्दैन । त्यसकारण हाम्रो पार्टीमा जति पनि फङसनहरु छन, ती आफ्नो ढंगले संचालन गर्छौं । कहिलेकहिले हामीले केही कुरामा मद्दत लिनुपर्ने हुन सक्छ । जस्तो खानेकुरामा क्याटरिङको मद्दत लिउँला । तर प्राय भन्ने हो भने हामी हाम्रा कामहरु सबै भोलेटियरली गरेका हुन्छौं । त्यसरी हाम्रो पार्टीलाई साँच्चै परिपूर्ण, सम्पूर्ण व्यवस्थित पार्टीको रुपमा चलाएका छांै ।
यसै सन्दर्भमा उहाँहरुले महिलाहरुको राष्ट्रिय भेला महिलाहरुकै भोलेन्टियर्समा अत्यन्तै भव्यताका साथ सम्पन्न गर्नु भयो । यसले एउटा महिला सशक्तिकरणको पक्षमा, महिला सामाजिकीकरणको पक्षमा यो साधारण कुरा होइन पोलिटिकल पार्टीका लागि । यदि यो धार्मिक संस्था भएको भए धर्ममा विश्वास गरेर कुँदछन भन्ने हुन्थ्यो । यो त्यस्तो केही विश्वास, अन्धविश्वासमा होइन ।
यो स्पष्ट गन्तव्यमा पुग्ने धेयका साथ हाम्रा हरेक कार्यक्रमलाई अघि बढाउने सन्दर्भमा यस पटक तपाईहरुले एउटा नयाँ पन देखाउनु भएको छ महिला मात्रै भोलेन्टियर भएर । विद्यार्थी महिलाहरु, युवा महिलाहरु, खेलाडी महिलाहरु, अखिल नेपाल महिला संघसँग आवद्ध महिलाहरु, महिलाकै नेतृत्वमा आफै कमाण्डर भएर काम गर्नु भएको छ ।
समाजको हरेक क्षेत्रमा महिलाहरु उत्रन सक्नु हुन्छ र जुनसुकै काम पनि फत्ते गर्न सक्नु हुन्छ भन्ने कुरा यसले देखाउँछ । यस सम्बन्धमा हामी अरु पनि सोचिराखेका छौं कि पर्मानेन्ट खालको भोलेन्टियर्स संस्था त्यो तयार गर्ने र भोलेन्टियर भएपछि त्यसमा डेमोक्रेसी बुझनु हुँदैन । भोलेन्टियर भएपछि किन लाईनमा बस्ने भनेपछि लाईनमा नै बस्ने, अलिकति पर्तेर किन जान नपाउने
मेरो डेमोक्रेसी भनेर भोलेन्टियर हुँदैन । भोलेन्टियर भनेपछि फेरि जंगी अनुशासन भन्ने त्यहाँ आउँछ । त्यसमा कडा अनुशासन पालन गर्नु पर्छ । त्यो अनुशासन जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ । यो प्रकृति अनुशासनमा चल्छ । एउटा लयमा चल्छ । यो अनुशासन भन्ने चीजले लय सिकाउने हो । हामी यो लयलाई हाम्रो समाज परिवर्तनको प्रयासमा अघि लैजान चाहन्छौं ।
त्यसका लागि हाम्रा सचेत प्रयासहरु आवश्यक छ । यी सचेत प्रयासका सन्दर्भमा हामीले अनेक कामहरु भोलेनियरली गर्नुपर्नेछ । म तपाईहरुको प्रशंशा गर्न चाहन्छु । तपाईहरुलाई सम्मान गर्न चाहन्छु । तपाईहरुले भोलेन्टियरको ढंगले उत्कृष्ट काम गर्नु भएको छ ।
स्पेसल्ली महिला छोरीहरुले, बहिनीहरुले गर्नु भएको होला । तपाईलाई प्रशंशा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । तपाईहरुको काम अत्यन्तै उत्कृष्ट छन । पार्टीले पनि महिला भोलेन्टियर्सहरु समेतको नेशनल नेटवर्क बनाउने बारेमा पनि सोच्दैछौं । र यो पुरुषको पनि बन्छ, महिलाहरुको पनि बन्छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल