Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुँदै छ। काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार अब पछिल्लोपटक निर्धारित समयमै बिहान ८ बजे मतदान सुरु हुनेछ। सबै प्राविधिक तयारी राति नै सकिएको छ, बुधबार बिहान उनले भने, अब मतदानको समय सर्दैन, बिहान ८ बजे नै सुरु गर्ने तयारी भइरहेको छ। यसअघि भने प्राविधिक तयारी नपुगेको भन्दै मतदानको समय पटकपटक सारिएको थियो। मतदान विद्युतीय भोटिङ मेसिनमार्फत हुँदै छ। एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन्। तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल