Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । एमाले सचिवालयमा पदाधिकारी १९ जना सदस्य रहने व्यवस्था छ ।