Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एम्बुलेन्स दुर्घटनामा दुई जनाको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजेतिर वालिङ नगरपालिका ५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरू २ जना घाइते भएका छन् । दुर्घटनामा चापाकोट नगरपालिका ९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका ९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।