Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एसएसपी बन्न दौडधुप चर्काइदै !

काठमाण्डौ । कार्यसम्पादन र मूल्याङ्कनलाई भन्दा राजनीति दाउपेचलाई महत्व दिन बाध्य भएको नेपाल प्रहरीभित्र डिआइजीहरुको बढुवा र व्यवस्थापन भएसँगै ३२ जना एसएसपीहरुको बढुवाका निम्ति दौडधुप सुरु भएको छ । यतिखेर बढुवा हुने एसएसपीहरु आगामी निर्वाचनका निम्ति शान्ती सुरक्षाको जिम्मा दिएर खट्ने र खटाइने हुने भएकाले पनि यो दौडधुपमा राजनीतिक चासो बढि हुने गरेको हो ।

प्रहरी आइजीपीको बढुवाको मुद्दा अदालतमा झल्लीरहेको अवस्थामा डिआइजीहरुको बढुवा पछि सुरु भएको एसएसपीको ३२ दरबन्दीमा पर्नका लागि ०५३,०५४,०५६ का निरिक्षकहरुले राजनीतिक लविङ चर्काएका हुन् । यस पटक एसएसपी हुने दौडमा ०५४ टोलीबाट राजन अधिकारी, इश्वर कार्की, मनोज के.सी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज यादव, किसान सिहं थापा, गोविन्द थपलिया, सुर्दशन कोइराला र विनोद घिमिरे अगाडि छन् ।

यो सँगै ०५६ का विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, सोमेन्द्र सिंह राठोर, सबिन प्रधान, दिनेश मैनाली, भूपेन्द्र खत्री रहेका छन् । यहि भिडमा देखिने जीवन कुमार श्रेष्ठ, दिपक रेग्मी, सारदा चौधरी, दिपक बस्नेत, दिपेन्द्र घत्री, सन्जीव शर्मा, दिलिप सिहं देउजा, रामेश्वर यादव, जयराम सापकोटा लगायत छन् । त्यसो त राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा भित्र्याइएका सिधि विक्रम शाह, सुसिल सिंह राठोर, माधव श्रेष्ठ, डम्बर बिक गणेश चन्द, उमा चतुरबेदी, ओम राणा, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, बिमल बस्नेतको सेवा प्रवेश २०५३ भएकोले पनि नेपाल प्रहरीको एसएसपी बढुवामा धेरै चलखेल देखिएको हो । प्रहरीको बदनाम गर्ने यो टोलीलाई त्यतिकै ठन्काएर प्रहरी संगठनले ०५४ पछिको टोलीको मात्र बढुवा गर्ने अवस्था पनि छैन ।

जिल्ला नेतृत्वमा रहँदा गल्ती गरेका र बारम्बार नसियत भोगेकाहरु पनि बढुवाका निम्ति दौडधुप गर्ने गर्दछन् । यसपटक आइजीपी धिरज प्रताप सिंह, प्रशासनकी एआइजी पूजा सिंहलाई राजनीतिक दबाब र हस्तक्षेप नहुने हो भने क्षमता र योग्यताले भ्याएकाहरुको बढुवा गर्न कठिन छैन तर बालुवाटारदेखि खुमाल्टारसम्म बाट आउने हस्तक्षेपले बढुवालाई निस्पक्ष र स्वच्छ बनाउछ भन्ने विश्वास गर्न सकिन्न । किनकी यहाँ गृहमन्त्री पत्नी मञ्जु खाड र प्रम पत्नी आर्जू देउवाको चासो पनि यतिकै हुने गर्दछ ।