Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश एसीसी महिला यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । आज भएको सुपर फोरको खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पाखा लगाएको हो । वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ५५ रनको लक्ष्य पेश गरेको थियो । ५५ रनको सामान्य लक्ष्य बंगलादेशले ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन जोडेको थियो । नेपालका लागि सावित्रा धामीले सर्वाधिक ११ रन जोडिन् । कप्तान पुजा महतोले ९ रन थपेको खेलमा एलिसाकुमारी यादवले ८ रन जोडिन् ।
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल
२०८१ पुष ५
ताजा नेपाल