Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको प्रतिगमन कदम परास्त गरी छाड्ने शीर्ष नेताको निष्कर्ष

विपक्षी गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताले संविधान र लोकतन्त्रको रक्षा बाह्य हस्तक्षेपको अन्त्य र प्रतिगमन रोक्न गठबन्धनलाई थप सुदृढ बनाएर जाने रणनीति बनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा आइतबार बसेको बैठकमा उत्पन्न भ्रम चिर्ने र गठबन्धन थप बलियो बनाएर जाने रणनीति बनेको हो । नेताहरुले बैठकमा लोकतन्त्रको रक्षा र प्रतिगमनलाई परास्त गर्ने उद्देश्यले बनेको गठबन्धनको औचित्य थप पुष्टि भएको र यसलाई थप सुदृढ बनाउने निर्णय भएको जानकारी दिए । यतिवेला गठबन्धनको काँधमा प्रतिगमन परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने दायित्व आएको छ । बढ्दो बाह्य हस्तक्षेप रोक्नुपर्ने स्थिति पनि छ । यसका लागि गठबन्धनलाई थप सुदृढ गर्ने सहमति बनेको छ । बैठकले गठबन्धनलाई अझै व्यवस्थित रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ ।अहिले संविधान र लोकतन्त्र मास्ने जुन ग्रान्डडिजाइन भइरहेको छ । त्यसलाई रोक्न गठबन्धन थप एकजुट भएर सामना गरेर जाने निष्कर्षमा पुगेका छौँ बैठकपछि जसपा नेता श्रेष्ठले भने अहिले संघदेखि विभिन्न प्रदेशहरूसम्म फैलिएको गठबन्धनलाई अझै मजबुद गरौँ र अघि बढौँ भन्ने साझा धारणा छ । साँझ ५ बजे बुढानीलकण्ठ पुगेका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्दै आफ्नो पार्टीले गठबन्धनलाई थप मजबुत बनाएर अगाडि बढ्ने निर्णय लिएको जानकारी दिएका थिए । हाम्रो केन्द्रीय समितिमा गठबन्धनबारे छलफल भयो । यसलाई थप मजबुत बनाएर संविधान र लोकतन्त्रको रक्षाका निमित्त काम गर्नुपर्ने विषयमा साथीहरूले जोड दिनुभएको छ बैठकको सुरुमै देउवाले भनेको उद्धृत गर्दै एक नेताले भने ओलीजीले अनेक ग्रान्डडिजाइन रचेर संवैधानिक निकायहरूलाई कब्जा गर्ने, स्वतन्त्र अदालतलाई समेत प्रभावित गर्नेजस्ता कदम चाल्नुभएको छ । यसका विरुद्ध हामीले एकताबद्ध प्रतिवाद गर्नुपर्ने हुन्छ