Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको भित्री योजनाले सबै दंग

एमाले एकता हुन नदिन विदेशी तत्व हावी छैन । यहाँ केपी ओली नै सर्वेसर्वा छन् । उनका पछुवाहरु सुभाष नेवाङ्ग शंकर पोख्रेल विष्णु पौडेलको मुखमा दहि जमेको छ । एमाले सिङ्गो रहनु पर्छ भन्ने तर केपीको डोजर आतंकमा टिप्पणी गर्न नसक्ने स्यालहरु कै कारण एमाले एमालेका रुपमा नरहने भएको हो । योगेश भट्टराई घनश्याम भूषाल जस्ता नालायकहरुलाई ओलीको मन्त्री मण्डलमा जोक्कर बनाईएकै हो । ती इश्वर पोख्रेल मौकाको फाईदा आफैलाई हेर्ने नेता हुन् । उनीसँग ६ मतले पछारिएका सुरेन्द्र पाण्डे पनि माधवको साथमा रहने छाँट छैन । किनकी शेर बहादुर तामाङ्गको हालत अहिले ओलीको पुच्छर हुने हो ।

ओलीको अधिनायकीमा नाचेका भिम रावललाई राष्ट्रपति विद्या भण्डारीले गतसाता चमक दिइन् । रावल राष्ट्रपतिबाट पार्टी एकताको फुल खान र खुवाउन चाहान्थे । मान्छे त माधवसँग निष्ठाको राजनीति गर्ने भन्दा स्वार्थको धागो तान्ने धेरै छन् । रघुजी पन्थ बेद्रराम भूषाल, मुकुन्द न्यौपान, दिपक प्रकाश भट्ट, मेटमणि चौधरी, रामकुमारी झाक्री जस्ता त्यहाँ छन् । तर तीनको गणना कोटेश्वरले गरेको छैन । निर्णय गर्न नसक्ने स्वार्थको धागो तन्काएर ओलीको एकाधिकार विरुद्ध नलडेसम्म एमाले एकता हुदैन है भन्न कसैले सक्दैन । जतिसुकै विद्दान भएर गर्ने के हो ?

कानूनका पारखी सुभाष नेवाङ्ग अदालती च्यानल बनाउन सिपालु छन् । अग्नी खरेल झापाली भएकाले एमालेको नाउमा फाईदा लिन ल्न्इ, क्ष्ल्न्इ को साथ लिन्छन् । प्रचण्डलाई सेक्न र देउवा र माधवलाई ठोक्न पाए केपिलाई पुगेकै छ । यस्तै एकाधिकारको पुच्छर बनेर कोही आए चुनावमा टिकट ग्यारेण्टी गर्ने हो । ओलीले १६५ संघिय संसदको ३३० जना प्रदेश सभा सदस्यको टिकट एक्लै बाँडेर आँफू पून प्रम पदको दावेक्षर बन्ने ओलीको चाहना देखिन्छ । त्यहाँ एकता सम्भव छैन । यहाँ राष्ट्रपतिको नाउमा कलंकीत पात्र विद्या पनि जोडिएकी छन् । आँफू प्रम भए विद्यालाई पार्टी सुम्पने र शंकर पोख्रेललाई महासचिव बनाएर विष्णु पौडेल, प्रदिप ज्ञवाली जस्तालाई दर्शक बनाउने दाउमा छन् । दर्शन सिद्दान्त ध्वस्त हुँदा नेकपाका कुनै घाटक प्रतिको जनमत घट्दो छ । त्यस्तो जनमत बचाउन नेत्र विक्रम र मोहन वैद्यको क्रान्तीकारी ऐलान पनि जनताले भोगेका छन् ।

यो परिस्थिति जसले सिर्जना गर्याे उसले डोजर लगाउँछ भने उसैको पछि लाग्ने स्याल चरित्रले अबको एमाले कता पर्याउँछ ? जबकी सम्मान जनक एकता खोज्दा ओलीले विधान महाधिवेशन गर्न समय तोकेका छन् । गुटवादकी जय भन्नेले एमालेमा स्थान पाउँछ । त्यो स्थान दिने ओली हुन जहाँ विद्युत माफीया मोती दुगड जस्ता राजस्व भारको साथ लिए पुगेको छ । राष्ट्रको सम्पत्ति ओली कालमा कतिले कसरी कुम्ल्याए ? कोरोनाको नाउमा कति लुटे त्यसको छानविन यो देशले गर्दैन । अख्तीयारमा ओली पथ प्रेम राईको कथनी भए पुग्छ । थाम सेर्कू, एति होल्डिङ्गस, नेपाल ट्रष्टका कथाहरु लामा छन् । वामदेव जस्तो सनकी नेताले समेत मन नपरेको ओली बलियो हुन एजेण्डाले एमाले एक ठाँउमा आउने छाँट छैन । कार्यकर्ताको सदस्यता नविकरण अभियान चल्दा जहाँ जसको शक्ति छ । त्यहाँ सदस्यता नविकरण सूचि आफ्नै च्यानमा पठाउन दिर्ईको निर्देशन पनि यो विवादमा जोडिन्छ ।

माधव नेपाल क्षमता नभएका प्रतिगमन आधा सचियो भन्दै सत्तामा जाने नेताका रुपमा स्थापित गरियो । त्यसको डिजाइनमा केपी नै थिए । माधवले पार्टी चुनाव हेर्दा महासचिव त्यागेर झलनाथलाई ठाँउ दिए । ओलीबाट त्यो सम्भव भएन । जो मरणेपरान्तसम्म पार्टी सत्ता र राजकीय सत्ता चहान्छन् भन्ने कुरा उनकै वरपर घुमेका ओली गुटको धुपौरे समूहले यर्थाथ पत्ता पाउने छ । जनताको चाहनामा कोही नेता चलेन, कम्युनिष्ट पार्टीको सिद्दान्तले काम गरेन आर्दश र त्यागको कुरा मोती दुगडहरुबाट सिक्नेले भाषणको सम्वृद्दि राम्रै गरे पनि व्यवहार शंका स्पद देखाएकै छन् ।