Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलीले नै लडेर ल्याएको अब छाड्न उचित हुने बताए ।
उनले भने, २ कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसमा जानुपर्छ, विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको अध्यक्षले किन रोकेको विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति हो । महाधिवेशन आइसकेको हुनाको अब नेतृत्वको त्यहीँ छिनोफानो हुन्छ । २ कार्यकाल तपाईँले लडेर विधानमा राखेको हो, त्यसमा अडिनुस् ।
उनले थपे, भारत र चीनले किन समर्थन गरे ६ पटक संसद् खोसियो, ३ पटक हामीले हाम्रो विघटन असफल भयो, जनतामा जाँदा के लिएर जाने पार्टीभित्र के गर्ने सरकारले थाहा नपाउनु कमजोरी हो, थाहा पाएको भए रोकथाम गर्न नसक्नु कमजोरी ।
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल
२०८३ बैशाख १२
ताजा नेपाल