Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले खटाए खुमलटारमा दूत, केही नलागेपछि साझा प्रस्तावको एजेन्डा

काठमाडौं । मुखैमा कानुन र विधि विधान राखेर पार्टी चलाउन नदिने विपक्षीको योजनाबाट अब उम्कने उपाय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका अगाडि नदेखिएपछि उनले आफ्ना दूतहरुलाई सक्रिय बनाएका छन् । आफू झुक्नु भन्दा पनि दूतहरुकै सक्रियता बढाउँदा आफ्नो पनि जित हुने ओलीको बुझाईकै कारण प्रचण्ड निवासमा अहिले ओलीका दूतहरुको आउजाउ बढेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीचको भेट पनि यही शिलसिलामा भएको हो । प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

यसअघि हिजो महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए।

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। प्रधानमन्त्री ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् । प्रचण्ड माधव नेपाल खेमाभित्र छिरेर फेरि राज्यसत्ता र पार्टी सत्तामा हालीमुहाली गर्ने योजना असफल भएपछि अब प्रचण्डलाई फकाई फुल्याई समस्याको निकास खोज्ने योजनामा केपी ओली पुगेका हुन् ।


सम्बन्धित समाचार