Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले भने बजेट संसद मै आउँछ

काठमाडौं । कानून न त संघिय सरकारमा जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नु् पर्दछ । तर संसदको बजेट अधिवेशन बोलाईएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले सिर्जना गरेको झनझट पार लगाउन सेना मेना परिचालन गरे पनि उनीहरुबाट निर्णयाक स्थिति सिर्जना हुने देखिदैन । ओलीलाई प्रभू मानेर कुम्ल्याउदै आएका एमालेका नेताहरु तत्कालको स्वार्थलाई महत्व दिने चरित्रका छन् । त्यही कारण प्रतिनिधिसभा जिवितै रहेको बेला नियमित प्रक्रियाबाटै बजेट आउने स्थितिप्रति शंका उब्जियो । यो शंकालाई निराकरण गर्न प्रम ओलीले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताएका छन् । आज पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन । आर्थिक वर्ष २०७८ ०७९ को बजेट ल्याउने ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउनसक्ने चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रिया बाटै बजेट ल्याउने बताएका हुन् । संसदमा विश्वासको मत नपाएपछि पदमुक्त भएर फेरि ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओली सरकार एक महिनापछि रहने नरहने निश्चित छैन । यस्तो अवस्थामा बजेट पनि कसरी आउँछ भन्ने टुंगो छैन ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल