Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली गर्जो गौतमले नटार्ने, कार्यशैली सुधार्न प्रधानमन्त्रीलाई चेतावनी

काठमाडौं। आफू अल्पमतमा परेपछि सहारा खोज्दै बोलाइएका र पटक पटक झुक्याइएका पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि यस पटक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गर्जो टार्ने सुर देखिएको छैन । पार्टीका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान साढे नौ बजे उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाए। गौतमलाई बालुवाटार बोलाउनु अघि विहान आढे आठ बजे महासचिव विष्णु पौडेल बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र अर्थमन्त्री समेत रहेका महासचिव पौडेलबीच करिव एक घण्टा छलफल भएपछि महासचिव पौडेलले उपाध्यक्ष गौतमलाई फोन गरेर बालुवाटार बोलाएका थिए। उपाध्यक्ष गौतम विहान साढे नौ बजे बलुवाटार प्रवेश गरेका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवाद समाधान गर्न आफूलाई साथ दिन गौतमलाई आग्रह गरेका थिए। पार्टीभित्र गुटगत प्रवृत्ति मौलाएको र गुटगत भेलाले आफूमाथि षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्री ओलीले गौतमको साथ खोजेका थिए। प्रधानमन्त्री ओलीले गौतमलाई अदालतले मन्त्री बन्न पाउने बाटो खुला गरेको भन्दै सरकारमा सहभागी हुन आग्रह गरेका थिए। जवाफमा गौतमले पार्टीलाई विधि र पद्धतिमा चलाउनुको विकल्प नभएको भन्दै पार्टीलाई विधि र पद्धतिलाई चलाउने सन्दर्भमा सधैं आफू तयार रहेको बताएका थिए।
‘अहिले सबैभन्दा समस्याको जड तपाइँको (ओली) को कार्यशैली हो,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाइँको कार्यशैली नसुधारेसम्म समस्याको समाधान हुँदैन।’
गौतमका प्रेस सल्लाहका विश्वमणि सुवेदीका अनुसार मन्त्री बन्न प्रधानमन्त्रीले गरेको आग्रहलाई गौतमले उक्त प्रस्ताव पार्टी बैठकमा पेश गर्न र बैठकले निर्णय गरेपछि आफू सरकारमा सहभागी हुन तयार रहेको जवाफ दिएका थिए। ‘मलाइ मन्त्री बनाउनु कुरापनि पार्टी बैठकबाट निर्णय हुनुपर्छ,’ गौतमले भनेका थिए, ‘पहिला बैठकबाट मलाइ मन्त्री बनाउनु निर्णय गराउनुस्। त्यसपछि म सरकारमा सहभागी हुन्छु।’
प्रधानमन्त्रीले गौतमबाट सहयोगको अपेक्षा गरेपछि गौतमले यसअघि कै जस्तो गरी जवाफ दिएका थिए। साढे नौ बजे बालुवाटार प्रवेश गरेका गौतम ११ बजे बाहिरिएका थिए।


सम्बन्धित समाचार