Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली, मलहोत्रा, भट्ट र चोलेन्द्रहरुको शासन

आफ्नै सहयात्री मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराती जस्ता दर्जनौ नेतालाई एक ठाउँमा मिलाउन नसक्ने गरी पतन भएका डब्बल नेकपाका अध्यक्ष प्रचण्डले गरिबी, सुकुम्बासी र पीडितको पक्षमा बोल्ने ठाउँमा अब भएन । उनले गुटवाद समाते परिवारवाद अंगाले पार्टी केबल प्रयोगवादी धारमा गयो । यिनका विश्वासप्राप्त हनुमानहरु शक्ति बस्नेत, सुकुम्बसीको झुपडीमा आगो लगाउँछन् । उनी बनमन्त्री छन् । उनले कुनै पनि समिति तथा संस्थामा एकजना पनि नयाँ नियुक्ति गरेका छैनन् । माओवादीको नाममा १९ हजार सहिदको रगतभित्र शक्ति बस्नेत, वर्षमान पुन, जनार्दन शर्माको लुटका महाजाल बन्दैछ । यो टोली लुटाहा हो । प्रचण्ड यिनको जन गुरुदेव ।

जनार्दन शर्मा र वर्षमानलाई कजाउने जल माफिया कृषि क्षेत्रको लगानीमा नजर लगाउने दीपक भट्ट र दीपल मलहोत्राको कमाई चम्कँदो छ । किनकि ऊर्जाका नयाँ योजनामा दिपक भट्ट, कृषि क्षेत्रमा दिपक मलहोत्राहरुले कान ठाडो पारेको धेरै भयो । हेगमा रहेको अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा झापाको टाउको कटुवा टोलीको उजुरी नपर्ने, माओवादी नेताकै कारण गणतन्त्र स्थापना हुँदा सुशील प्याकुरेललाई नपच्ने कस्तो मानव अधिकारको ठेक्का चलाइँदैछ ? नेकपा इन्सेक, चोलेन्द्र, सपना मल्ल, राष्ट्रपति विद्या भण्डारीको शासनले दुनियाँ दंग छन् ।

 

अमेरिकाले क्रिमिनल कोर्ट अभिसन्धिको हस्ताक्षर नगरे पनि हुने भारतले चासो नराखे नेपालमा इन्सेकका ठेकेदारहरुलाई यही अभिसन्धिको गित गाएर नेकपा अध्यक्ष प्रचण्डलाई धम्क्याएर सुशील प्याकुरेलहरुले चोलेन्द्र र सपना प्रधानको न्यायीक बाँसुरी बजाउनै पर्ने यो कस्तो गणतन्त्र हो ? जसले गणतन्त्र ल्यायो उसकै विरुद्ध हेगको प्रचार । गणतन्त्र आउँछ भन्ने कल्पना गर्नु ठेलागाढा चढेर अमेरिका पुग्नु बराबर हो भन्ने केपी ओली देशका शासक तीनका दूतटहरु सुभाष नेम्वाङ सुशील प्याकुरेल र अग्नि खरेल कानुनका व्याख्याता ? सपना प्रधान र चोलेन्द्रले हत्यारा छुटाएको कानुनी राज्य ।

इन्सेक, रोम, अभिसन्धि नेपालमा किन लाद्न चाहन्छ ? विदेशी डलरको खेती गर्न कि माओवादीको जासुसी गर्छ ? त्यसको आम्दानी यही अभिसन्धिमा हुन्छ । नेपालले अनुकूल परिस्थितिको बाध्यता अनुरुप देशमा कम्युनिष्टको लुट शासन चम्केकोमा प्याकुरेलको चिन्ता खोई ? एमाले जासुसहरुको पार्टी हो । एमालेका धेरै नेता राष्ट्रिय अनुसन्धान, सेनाको गुप्तचर भारतीय रअ, पाकिस्तानी एसआईएस अमेरिकी सिआइएका एजेन्ट छन् । उनीहरुलाई नेकपाको वर्तमान संरचना मन परेको छैन । त्यही कारण भष्मासुर ईश्वर पोखरेल बारम्बार पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व दिन हुन्न हामी सिआइडीहरुबीच फुट आउनु हुन्न भन्दैछन् । पोखरेललाई अब चुनावमा उठ्नु पनि छैन । नेकपा एकीकृत संरचनाको पूर्णता नभएकोमा चिन्ता पनि छैन । उनको टिमका बाँसो राजेन्द्र गौतम एक चरण संसद भए, कसैले सेनाको ठेक्कामा चौधरी गु्रपको विष्कुट भित्र्याए बापत कमाए यहाँ विधि प्रक्रिया र सिद्धान्तको कुरा हराए ।

 

ईश्वरलाई भूमाफिया दीपक कुँवर रातोपासपोर्ट बिक्रेता अमिर गुरुङ, ल्हारक्याल लामा जस्ता बदनाम पात्रले नपुगेर दीपक मनाङेहरु जस्ता कुशल पात्रहरु जोडेकै थिए । इन्सेक पोखरेलको लगानीकर्ता बन्न सक्छ । नेपालको शान्ति विरोधी यो जमात विरुद्ध जनता सडकमा आउँदा भुंग्रोमा को पर्छ त्यो कुर्नु पर्छ । चोलेन्द्र र सपना प्रधानहरुको न्यायिक व्याख्यामा हजारौं ज्यानमारा अपराधीहरुले गणतन्त्रको फल खान्छन् शक्ति बस्नेतहरु माडीको चेपाङ बस्तीमा आगो लगाउँछन् ईश्वरहरु कोरोना बाढी पीडित र भोकमरीको नाउमा लुट्छन् र जबजको अशली रुप प्रदर्शन गर्छन् ।