Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र मोदीबीच फोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउन आग्रह गरेका हुन् । दुवै नेताबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद समेत दिए । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन कुराकानी भएको उल्लेख गरेका छन् । आफूहरुबीच कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितितबारे छलफल भएको मोदीले उल्लेख गरेका छन् । आफ्नो ट्वीटर ह्यान्डलबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग कुराकानी गरी कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितिको बारेमा छलफल गरेको बताएका हुन् । मोदीले आफ्नो ट्वीटमा लेखेका छन्– आज प्रधानमन्त्री केपी ओलीसँग बोले । हामीले कोभिड १९ का कारण उत्पन्न वर्तमान परिस्थितिको विषयमा छलफल गर्‍यौं । अहिलको चुनौतीसँग जुझ्न नेपाली जनताले देखाएको कटिवद्धताको म कदर गर्छु । कोभिड १९ विरुद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।


सम्बन्धित समाचार