Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली–लेखकको पक्राउ प्रतिशोध होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएपछि आएको विरोधबारे बोलेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई स्मरणसहित न्यायको विषय बुझ्न भने। न्याय पाउने पहिलो हक सहिदकी आमाको हो, यसलाई प्रतिशोधन भन्न पाइने छैन, रविले भने । एमाले सांसद गुरू बरालले ओली र लेखकलाई रिहा गर्न माग गरेपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विधि र प्रक्रियाको पालना गर्न विपक्षी दलहरूलाई आग्रह गरे। सत्ता परिवर्तनपछि विदेशी चलखेल भन्ने पुरानो आरोप दोहोरिन नदिने पनि उनले बचन दिए । सत्ता छाड्नु परेपछि विदेशी चलखेल भन्ने खेल अब हुने छैन। पारदर्शी परराष्ट्र नीति अवलम्बन गरिनेछ । हाम्रो सरकारले राष्ट्रिय हितलाई प्राथमिकता दिनेछ, उनले अगाडि भने ।