Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली सरकारप्रति पौडेल आक्रामक हुँदा सत्ताकाे लेनदेमा देउवा चूप ?

काठमाडौंं । अहिले देशमा प्रमुख प्रतिपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनाले राजनीति तरंगित भएको छ । पौडेल पक्ष यतिबेला आक्रामक सरकारविरुद्ध रुपमा प्रस्तुत हुँदा काँग्रेस संस्थापन शेरबहादुर देउवापक्ष कानमा तेल हालेर बसेजस्तै देखिन्छ ।

विरोधका नाममा विज्ञप्ति जारी गर्ने बाहेक खासै आक्रामक रुपमा प्रस्तुत भएको पाइएको छैन । ओली सरकारको कतिपय नराम्रा काममा देउवा बोल्न छाडेको धेरै भइसक्यो । कोरोना महामारीमा जनता समस्यामा पर्दा सरकार नभएजस्तै भयो । कोरोना उपचार खर्च निःशुल्क भनियो तर जनताले तेब्बर महङ्गो मूल्य तिरेर औषधोपचार गर्न वाध्य हुनुपर्यो । यतिबेला पनि काँग्रेस देखिएन, देउवाको आवाज सुनिएन ।

राज्यका कतिपय नियुक्तिहरुमा बाँडचुडका लागि देउवा बालुवाटार धाइरहेका छन् । ओली र देउवाबीच सत्ता समिकरणको कुराकानी पनि भयो । यसले काँग्रेसभित्र निकै ठुलो विवाद जन्मायो । देउवा ओलीसँग मिलेको जस्तो देखिदै गर्दा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक बनेका छन् । उनले बुल्दीखोला पुल उद्घाटमा रोक्न खोज्दा ओलीलाई सिधै चुनौती दिए ।
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको टिप्पणी गरे । उनले ओलीलाई लोकतन्त्र विरोधी सम्म भने । पौडेलको पछिल्लो कदम र ओलीप्रति आक्रामक शैलीले उनीप्रति काँग्रेसवृत्तमा केही सहानुभूती र उनीबाट आशा जगाएको छ । काँग्रेस कार्यकर्ताले निरिह नभई जुझारु नेता खोजिरहेका थिए ।
तनहुँ पुगेर पौडेलले भने, ‘केपी ओली ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्, मजस्तो लोकतन्त्र स्थापनाका लागि जेल बसेका होइनन् ।’ पौडेलले भने, ‘जोसमा गरिएको झापा काण्ड लोकतन्त्रका लागि हो ?’ बुटल चौधरी हत्या अभियोगमा ओली जेल बसेको भन्दै आफ्नो अगाडि आएर कुरा गर्न चुनौती दिए । पौडेलले ठाडै ओलीलाई चुनौती दिए । उनले भने, मेरो अगाडि आएर केपी ओली कुरा गरुँन् ।


सम्बन्धित समाचार