Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओशो तपोबन, आनन्द अरुण र दलाइ लामा

  • अर्जुन ज्ञवाली

अहिले बजारमा नेपालको तराईलाई टुक्य्राउनुपर्छ भन्ने सिके राउत ओसो तपोबनमा गएर कथित स्वामी आनन्द अरुणबाट सन्यास लिएको कुरा चर्चामा छ । आचार्य रजनिश ओशोको बारेमा धेरै टिप्पणी नगारौं । उहाँको ज्ञान, ध्यान र साधनाबाट आध्यात्मिक जगतसँगै संसारले दिएको सन्देश आफैंमा एक प्रकारको नयाँ क्रान्तिै नै थियो । हो, रजनिश ओशोप्रति कतिको समर्थन र कतिको विमती रह्यो । अन्त्यमा अमेरिकी खुफिया एजेन्सी सिआइएले मन्द विष खुवाएर उहाँको हत्या ग¥यो । पछिल्लो चरणमा जिसस क्राइस्टको बारेमा उहाँले एउटा जड्याहा, ज्ञान र ध्यान नभएको भनेर भण्डाफोर गर्नुभएको थियो । नेपालमा रहेको ओशो तपोबनमा उनै रजनिश ओशोको आफू असली चेला भएको दाबी गर्ने स्वामी आनन्द अरुणले जिससको मूर्ति बनाएर स्वयं रजनिश ओशोको मान्यता र धारणाविरुद्ध गतिविधि गर्दै आइरहेका छन् ।

यो पंक्तिकारलाई पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको ८६औं जन्मदिन ओशो तपोबनमा मनाइएको याद छ । उक्त जन्मदिनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक राजपरिषद्का सभापति डा. केशरजंग रायमाझीलाई पनि निमन्त्रणा थियो । उहाँसँगै म पनि पछिल्लो दिर्घामा उपस्थित थिएँ । एकाएक तत्कालिन नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड रातो टिका र घाँटीभरि माला लगाएर तपोबन पुगे । कृष्णप्रसाद भट्टराईले आफ्ना सहकर्मीहरूलाई भन्नुभयो, यो अपराधीलाई मैले बोलाएकै थिइन, कसले बोलायो ? सबैले एक अर्कामा मुखामुख गरे, जवाफ कसैसँग थिएन । भट्टराईले प्रचण्डको मुखमा पनि हेर्नुभएन र बोल्नु पनि भएन । उनी लज्जाबोध भएर फर्किए । यसरी हेर्दा भट्टराईले जानकारी नदिइकन मिशनअनुसार आनन्द अरुणले बोलाएको हुनुपर्दछ । ओशोको आवरणमा कथिन स्वामी आनन्द अरुणले स्वतन्त्र तिब्बत र सिआइए मिशन अन्तर्गत ओशो तपोबनलाई दुरूपयोग गरिरहेका छन् । सिके राउत मात्रै होइन, केही समय पहिला डा. बाबुराम भट्टराई पनि हिसिलाको पुस्तक विमोचन गर्न तपोबन पुगेका थिए । उनै कथित स्वामी आनन्द अरुणबाट विमोचन गराएका थिए ।

माओवादी छापामारहरूले यौन धन्दा चलाइरहेका छन् भनेर उनै बाबुरामले ओशो तपोबनमा पुगेर सार्वजनिक गरेका थिए । बाबुराम भट्टराई मात्रै होइन, नारायणकाजी श्रेष्ठदेखि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसम्मको केन्द्र ओशो तपोबन बन्न पुगेको छ । रातदिन धर्म निरपेक्षताको थेगो छोड्न नसक्ने त्यसैलाई महान उपलब्धी भन्नेहरू र नेपाल एकीकरणको जगमाथि प्रहार गर्नेहरू ओशो तपोबनमा आध्यात्मिक साधनाका लागि गएका हुन् भनेर मान्न सक्ने आधार छैन ।
वरिष्ठ वामपन्थी राजनीतिज्ञ नारायणमान बिजुक्छेले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, नेपालमा रहेका भारतीय साधु सन्त र मठाधिसहरू ९५ प्रतिशत भारत, त्यहाँको गुप्तचर संस्था रअ र अमेरिका र त्यहाँको गुप्तचर संस्था सिआइएको जासुसी गर्ने काम गर्दछन् । यो कुरा स्वामी आनन्द अरुणको ओशो तपोबनको क्रियाकलापले पनि पुष्टि गर्दछ । लामो समयदेखि रजनिश ओशोको आवरणमा कुधन्दा चलाइरहेका कथित स्वामी आनन्द अरुणको गतिविधि अहिले सार्वजनिक भएको मात्रै हो । यस प्रकारका आनन्द अरुणहरू पशुपतिनाथको मृगस्थलीदेखि नेपालका सबै धार्मिक क्षेत्रमा एक वा अर्को प्रकारले गतिविधि गरिरहेका छन् । यसकारण हामी र हाम्रो विचार समूहले नेपाल एकीकरणको जगमा धार्मिक, सांँस्कृतिक एजेन्डासहित साँस्कृतिक साम्राज्यवाद विरुद्ध अभियान चलाइरहेका छौं । यो अभियानबाट अत्तालिएर हामी र हाम्रो विचार समूहमाथि आक्रमण गर्ने प्रयन्त नभएको होइन । तर, सत्यका अगाडि झूट र गोयबल्स प्रपोगण्डा नटिक्ने भएपछि उनीहरू हामी र हामीले उठाएको एजेन्डा नक्कली पात्र खडा गरेर जनतामा दिग्भ्रमित पार्ने प्रयत्न विगतदेखि वर्तमानसम्म गर्दै आइरहेका छन् ।

आनन्द अरुणको बारेमा व्यक्तिगत रूपमा टिप्पणी गर्नु जरुरी छैन । प्रश्न आनन्द अरुणको होइन, उनले ओशोको आवरणमा ओशो तपोबनबाट चलाएको अमेरिका, सिआइए र युरोपियन मिशनअनुसार दलाई लामासँग जोडिएर गरिएको गतिविधिको हो । हो, सन्तहरूको बारेमा हल्का टिप्पणी गर्नु हुँदैन । त्यो कुरा हामी र हाम्रो विचार समूहलाई राम्रोसँग याद छ । तर, कुनै इमान्दार सन्त या नक्कली सन्तको आवरणमा गलत गतिविधि भएका छन् भने त्यसको भण्डाफोर गर्नु अनिवार्य आवश्यकता हो । स्वामी खप्तड बाबाका बारेमा तत्कालिन वरिष्ठ पत्रकार पदम ठकुराठीले यथार्थ बुझ्दै नबुझी तत्कालिन विमर्श साप्ताहिकमा समाचार सम्प्रेषण गरेका कारण विचार विज्ञान कक्षा ९ र १० मा अनिवार्य पाठ्यक्रममा राख्ने निर्णय तत्कालिन सरकारले पछि खारेज गरेको थियो । अन्ततः पछि ठकुराठीको समाचार गलत सावित भयो भने स्वामी खप्तड बाबामाथि लगाइएका आक्षेपहरू भ्रमपूर्ण रहेको कुरा प्रमाणित भए । इतिहासका यी घटनाक्रमबाट हामीले राम्रो शिक्षा लिएका छौं । अहिले ओशो तपोबन मात्रै होइन, पशुपतिनाथको मृगस्थली जहाँ शिवअवतार गोरखनाथले १२ वर्ष साधना गरेको तपोस्थल हो त्यहाँ पनि यस्तै प्रकारका गलत गतिविधि हुँदै आइरहेका छन् । यसको अर्थ त्यहाँ रहनुभएका योगी नरहरिनाथका चेला महन्त श्रीषनाथको बारेमा कुनै टिप्पणी गर्नु छैन । उहाँ एउटा इमान्दार सन्त हुनुहुन्छ ।

गुल्मीको मगर परिवारमा जन्मिएर गोरखनाथ धारामा साधनारत योगी श्रीषनाथ हामी सबैङ्का सम्मानित, पूजनीय योगी हुनुहुन्छ । तर, उहाँलाई अगाडि राखेर आरएसएस र नेपाली–अमेरिकी सेना तथा रअका मानिसहरूले त्यहाँ जुन गतिविधि गरिरहेका छन् त्यो कुनै पनि हालतमा नेपाल र नेपाली मात्रै होइन आध्यात्मिक साधनामा लागेका व्यक्तित्वहरूलाई पनि स्वीकार्य छैन । यसैगरी पशु्पतिनाथको शंकराचार्य मठलाई पनि आरएसएसले यसरी नै दुरूपयोग गर्दै आइरहेको छ । आरएसएससँग जोडिएका पूर्व प्रधानसेनापति रुकमाङगद कटवाललाई अगाडि सारेर स्वामी केशवानन्दहरूले गरिरहेको गतिविधि नेपाल, नेपाली राष्ट्र र नेपाली धर्म संस्कृतिको पक्षमा छैन । यसकारण प्रश्न आनन्द अरुण र ओशो तपोबनको मात्रै होइन । धर्मलाई दुरूपयोग गर्दै चलाइएको ध्वसात्मक कुधन्दाको हो ।
माओवादीको विषयमा धेरै कुराहरू बाहिर आइरहेका छन् । धेरै टिप्पणी गर्नु आवश्यक छैन । धर्मगुरु नारायणप्रसाद पोखरेलदेखि संस्कृत पढाउने शिक्षक मुक्तिनाथ अधिकारीको रेटी रेटी हत्या गरेका, किरियापुत्रीहरू मारेका र धर्म निरपेक्षतालाई महान भन्नेहरू नेपाललाई विघटन गर्न जातीय राज्यको माग गर्नेहरू, नेपालको तराईलाई टुक्य्राउनुपर्छ भन्नेहरू, मन्दिरमा पिसाव फेर्नेहरू, गाउँगाउँमा चर्च भिœयाउनेहरू आनन्द अरुणलाई गुरु मानेर ओशो तपोबन किन पुगिरहेका छन् ? आफैंमा प्रश्नचिन्ह खडा छैन र ? सबैलाई चेतना भया ।