Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कटवाल भोलि शक्ति देखाउने

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल सक्रिय भएका छन् । हिन्दुराष्ट्र जागरण अभियानको नेतृत्व लिएका कटवालले भोलि शक्ति प्रदर्शन गर्न थालेका छन् । कटवाल नेतृत्वको अभियानले राष्ट्रिय सभागृहमा अभियानमा सामेल भएका देशभरका विभिन्न क्षेत्रका प्रतिनिधिलाई डाकेर सम्मेलन गर्न लागेको बुझिएको छ । सम्मेलनमा हिन्दु सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि पनि भेला हुने भएका छन् । कटवालको अभियानमा देशभरको ठूलै समूह बनिसकेको बुझिएको छ । उनको अभियानमा हिन्दू स्वयंसेवक संघलगायत संघसंस्था पनि सामेल छन् । हिन्दु स्वयंसेवक संघका हजारौं कार्यकर्ता देशभर सक्रिय छन् ।
कटवालको अभियान देशलाई हिन्दुराष्ट्र बनाउने उद्देश्यले प्रेरित रहेको बुझिएको छ । उनी यही अभियान लिएर देशबाहिर रहेका प्रवासी नेपालीहरुलाई समेटर भेट्दै आएका छन् । देशमा तीन तहको चुनाव आगामी वर्ष हुनलाग्दा कटवालको हिन्दु अभियानले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण मानिएको छ ।