Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कपिलवस्तुमा भीडन्त, एकको मृत्यु, कफ्र्यु जारी

काठमाडौं । प्रदेश नम्बर ५ को कपिलवस्तु जिल्लाको कृष्णनगरमा हिजो बुधबार मुस्लिम समुदाय र हिन्दू समुदायबीच भिडन्त हुँदा स्थिति नियन्त्रण बाहिर गएको छ । कफ्र्युकै क्रममा कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले कृष्णनगर क्षेत्र तनावग्रस्त बनेपछि स्थिति नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो ।

प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको थियो । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले बताएका छन् । बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

स्थिति नियन्त्रण बाहिर गई अवस्था हिंसात्मक हुने संकेत देखिएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आज बिहान बसेको बैठकले कृष्णनगर नगरपालिकाभित्र कफ्र्यु आदेश जारी गरेको छ । आज बिहान पनि दुवै पक्षबीच भिडन्त हुने अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । लक्ष्मी पूजाका दिन निकालिएको मूर्तिलाई बिसर्जनका लागि कुन बाटो लैजाने भन्ने

सिलसिलामा हिन्दू र मुस्लिम समुदायबीच भिडन्त भएको बताइन्छ । गत वर्ष विजयादशमीको बेला दुर्गा भगवतीको मूर्ति सेलाउने विषयमा पनि हिन्दू र मुस्लिम समुदायबीच भिडन्त हुँदा कफ्र्यु आदेश जारी गरिएको थियो ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल