Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमाई भन्दा ऋणको बोझले थिचिँदै वायुसेवा निगम

काठमाडौं । जहाज किन्न लिएको ऋण नतिर्ने तर पर्यटनमन्त्री सुदन किराँतीलाई नयाँ जहाज किन्ने हल्ला चलाउन लगाउने वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कपट एकपछि अर्को आउँदैछ । निगमसँग संस्था सञ्चालनमा १३५० कर्मचारी छन् । तीमध्येका ८१ पाइलट, १४० कोपाइलट, १०० इञ्जिनियर छन् । तर निगमले नागरिक लगानी कोषको १२ अर्ब, कर्मचारी सञ्चयकोषको २२ अर्ब ऋण तिरेको छैन । जहाज किन्न लिएको ऋणमा २ वाइडबडी, २ न्यारोबडी साइजका हुन् । १२ अर्ब ऋण १७ अर्ब पुग्यो । २२ अर्बको ऋण २७ अर्ब पुग्यो तर कार्यकारी अध्यक्ष युवराज अधिकारी सफल व्यवस्थापकको फुर्ति लगाएकै छन् । निगमको लेखा समूहबाट अवकाश पाएपछि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको सोर्सफोर्सबाट कार्यकारी अध्यक्ष भएका युवराजलाई तत्कालिन मन्त्री प्रेम आलेले निष्काशन गरे । तर सर्वोच्च अदालतले तिनको जागिर बचायो । निगमभित्रको व्यवस्थापन भने सुधार भएन । अहिले पनि नयाँ जहाज किन्ने निरर्थक हल्ला चलाएर कार्यकारी युवराजले रमिता देखाएका छन् । नयाँ जहाजको कुरा आउँदा कमिशनको खेल हुन्छ । नयाँ सम्पत्ति थप्नु त कता कता भएको जहाजको इञ्जिन समेत समयमा मर्मत नगरी कमिशनमै रमाइरहेका निगमका कु पात्रको जागिर जोगाउन अदालतका भ्रष्ट न्यायाधीश र नकेपा एसका सर्प पालक वरिष्ठ नेता झलनाथ खनाललाई धन्यवाद दिनैपर्छ । भाडामा इञ्जिन लिएर जहाज ग्राउन्डेड बनाउँदा भएको खर्चको किन सरकारले चासो दिएन ? प्रेम आले नामको उल्का र सुदन किराँती जस्ता घामटहरूलाई पर्यटनमन्त्री बनाएर कम्युनिष्ट पार्टीले गौरव गरेको होइन । यस्तै अपराध हुने रहेछ र पो केपी ओलीले हिमालयन एयरको भातृ संस्था यति एयरलाई बायुसेवा निगमको सम्पत्ति सुम्पेर आफ्नो सक्कली अनुहार देखाएको ।
योगेश भट्टराई साक्षी राखेर केपी ओली वायुसवा निगमलाई काँग्रेसकी लाउडा नेतृ सुजाता जोष्टले झैं जहाज उडाएर आम्दानी गर्नु पर्ने निगमलाई ऋण दिने कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले ऋण तिर्न ताकेता गर्दा छुट्टै जहाज किन्ने डम्फू बजाउन मन्त्री सुदन किराँती समेत पछि परेनन् । मन्त्री किराँती भ्रष्ट नायक कार्यकारी अधिकृतको जालमा फसेकै कारण बेलाबखत डुक्रेका हुन् । २० महिनामा २२० दिन जहाज ग्राउन्डेड गर्दा २ अर्ब ५० करोड आम्दानी गुमाएको निगमलाई कोरोना कालमा केपी ओलीले चार्टर उडान नदिई हिमालयनलाई पोसेको कुरा पनि निगमका व्यवस्थापनलाई थाहा छ । मन्त्री सुदन किराँती पशुपतिमा गएर उफ्रन्छन् निगमको यो बेहाल पत्ता पाउँदैनन् । निगमका २ बाइडवडी २ न्यारोबडीका जहाज नियमित उड्न पाउँदा फागुन र चैतमा ३ अर्ब १५ करोड ६५ लाख आम्दानी गर्दा ऋण भने घटेन किन ? निगम चुस्न पल्केका भ्रष्टाहरूबाट जहाज ग्राउन्डे गर्दा २ अर्ब ३१ करोड आम्दानी गुमेकोमा पछुतो छैन । एकेडब्लु जहाज दोहा र काठमाडौंमा १३७ दिन ग्राउन्डेड हुँदा १ अर्ब ४४ करोड गुमाएको कुरामा व्यवस्थापन सचेत भएन । सरकारका मन्त्रीलाई फाल्तु भाषणले भुलायो । जहाज जब ग्राउन्डेड हुन्छ त्यसबेला आम्दानी गुम्छ भन्ने कुरा सामान्य हो । विमानको इञ्जिन मर्मतमै व्यवस्थापन र एजेन्टबीचको लेनदेनमा कैफियत हुन्छ । त्यो कुरा मन्त्रालयले थाहा नपाए जस्तो गर्छ । जर्मनको लुपथान्सा र इजरायलको कम्पनीले विमानको इञ्जिन मर्मत गर्न अवसर पाएका छन् । यी दुवै कम्पनीका नेपाली एजेन्टसँग विगतको लेखा प्रमुख पदमा बसेर घुलमिल भएका युवराज अधिकारी मोटाएका छन् निगम भने धरासायी भएको छ । यतिसम्मकी दोहामा इञ्जिन ग्राउन्डेड र मर्मत गर्दा १ अर्ब ५२ करोड खर्च भो जबकि इजरायलको एमटियूबाट लिएको इञ्जिन ५४३ दिन राख्दा ३४ करोड ८६ लाख तिर्नु प¥यो । एके डब्लुको २ वटा इञ्जिन मर्मतमै १ अर्ब १६ करोड खर्च भयो । तर व्यवस्थापनलाई दोहोमा ७० दिन जहाज ग्राउन्डेड, पार्किङमा मात्र ९२ लाख तिर्नुुप¥यो । निगमभित्र सुधारको स्थिति छैन । मन्त्रालयले पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई निगमको व्यवस्थापन सुधार्न छानविन गर्न खटाएको छ । तर त्यो समिति पनि असक्षम व्यवस्थापनको चक्करमा फसेको छ । जहाज उडाएर कमाउने संस्थालाई इमान्दार, निष्ठावान, त्यागी प्राविधिक र कुशल व्यवस्थापकको खाँचो छ । तर सरकारका मन्त्रीदेखि नेतासम्मले लुटेर दीर्घ रोगले करङ मात्रै रहेको मानव अस्थिपञ्जर जस्तै वायुसेवा निगमले आन्तरिक रोगबाट मुक्ति पाउँछ र शरीर बनाउँछ त्यसतर्फ चिन्ता लिने नेतृत्व निगमले नपाएकै हो ।


सम्बन्धित समाचार