Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ईश्वरी वाग्ले
राजानीतिमा दुष्ट्याई छ । व्यक्तिहरूमा एकाङ्की पन छ । समाज स्वार्थी भयो । देशले मल्लकाल, राणा काल, शाहाकाल, पञ्चायतकाल हुँदै गणतन्त्र, संघीयता, समवोशीता लक्षित नीति तथा कार्यक्रम ल्याइसक्यो तर सरकार चलाउनेलाई पनि समान व्यवहार र सद्भाव देखाउन रुचि छैन । पार्टीको अधिनमा सरकार छैन । नेतालाई अनुशासन लाग्दैन । कम्युनिष्ट पार्टीलाई जनताको पीडा, व्यथा मर्मको समेत ख्याल छैन । भ्रष्टाचार नेताले गरेका छन् । आफ्ना दरसन्तानलाई पुग्ने गरी कमाएका छन् । व्यवसायीहरू पनि खुशी छैनन्, प्रशासकहरू पनि खुशी छैनन् ।
कम्युनिष्ट पार्टीको सरकार बनेको २ वर्ष पूरा हुँदैछ । यो सरकारले शुरुको वर्षलाई आधार वर्ष नै बनायो । कानुन बनेका छन् कार्यान्वयन भएका छैनन् बनेका कानुनले काम नगर्दा नयाँ बन्ने कानुनप्रति कसरी सेवा ग्राही आकर्षित होलान् ? संविधानको अद्योपान्त कार्यान्वयन नहुँदासम्म फेर्न, संशोधन गर्न किन प¥यो ? सरकारमा पनि बस्ने सरकारकै विरोध गर्ने दुई जिब्रे चरित्र पनि यही छ । जो गणतन्त्रको चर्को विरोधी थियो त्यही देशको शासक छ । जसको मुद्दा ऊ पछाडि थियो बेथिति अन्यत्र हुँदैन ।
भत्के बिग्रेका सडेगलेका वस्तु पनि यही प्रयोगमा ल्याइन्छ । सरोकारावालको यो नेपाल हो चल्छ भन्ने प्रवृत्ति छ । सरकारमा बस्नेले राष्ट्रप्रति इमान्दारिता देखाएकै छैनन् । १६/१७ वर्षदेखिको बेथिति हटाउन समय लाग्छ । तर जनतालाई तात्तातै चाहिएको छ । सिंहदरबारको सरकार प्रदेश तह र स्थानीय हुँदैै जनताबीच जाँदा लोकप्रिय हुनुपथ्र्यो । तर यहाँ जनप्रतिनिधि जागिरे भए । किसानले उत्पादन गर्छ, सरकारले जिम्मा लिँदैन । राष्ट्रले भोकमरी हटाउन आफ्नै देशको कृषि उपजको सही मूल्य निर्धारण गरी कृषकलाई ढुंक्कसँग कृषिमा व्यस्त हुने वातावरण बनाएकै छैन । बिचौलिया हावी हुँदा बजारको छाडा पनमा सरकार दर्शक भयो । समयमा मल बिऊ नपाउने मलखादको व्यवस्था हुन्थ्यो भने राज्यले यति त ग¥यो है भन्ने हुन्थ्यो । तर मन्त्री नै चिनी मिल मालिकको पक्षमा देखिएका दिन पनि थिए । तर ल्याइयो त्यहाँ त्यस्तै चरित्र ।
प्रधानमन्त्रीले लेखराज भट्टको साथमा सेञ्चुरी मसलाका मालिक किन पठाए ? समाजवादीका इस्तियाक राईको शहरी विकासमा राज्यमन्त्रीमा नेकपाका रामवीर मानन्धर किन पठाए ? यो सरकार बेथिति, डाहा हन्तकाले शैली नभएर के हो ? धर्म संस्कृति र संस्कार हटाएको छ । हिन्दू धर्मका ठेकेदारहरूले आफू कमाए । अहिले तिनैले क्रिश्चियन धर्मको पछि मान्छे लाग्दा चिन्ता र चासो लिएर हुँदैन । आफ्ना विगत हेरेको खै ? नेपालमा विदेशी घुसेको कारण नै गरिबी अशिक्षा हो भन्ने सबैले बुझ्छन । नेपालमा नीति निर्माता नै दरिद्र छन् । धनको दरिद्र भन्दा मनको दरिद्र कपटी र अहंकारी बन्छ खतरा त्यही हो । वर्तमान सरकारका सञ्चालकहरू मनका दरिद्र हुन् । उनीहरूले समूह हेर्दैनन् गुट हेर्छन् । उनीहरूको गुटको खेती चम्काउन सिंगो पार्टी र कार्यकर्ता घाइते हुनु परेको छ । जताततै त्यस्तै छ । शिक्षा माफियाको भयो स्वास्थ्यमा हेर्यो त्यस्तै छ ।
संचारमा हे¥यो त्यस्तै छ । प्रशासनमा उस्तै बजार त्यस्तै । दुई वर्षमा बेथिति हटाएर ट्य्राकमा आउनुपथ्र्यो । तर आउँदैन । यसको मुल कारण नै प्रधानमन्त्री र उनको लुटाहा समूहले अपनाउने व्यवहार र शैली हो । यो भन्दा उनीहरूलाई पच्दैन । जसले राम्रो ग¥यो । त्यो मन्त्री हटाइयो । जो असक्षम थिए उनीहरू यही सत्तामा छन् । अहिले पत्रकारहरू आन्दोलित छन्, आफैंलाई नियमन र सुशासन राख्नु पर्ने संस्थासँग । प्रेस काउन्सिल नाउँको त्यो संस्थाका मालिकहरू आफैं शुद्ध छैनन् । उनीहरू अरुलाई शिक्षा दिन्छन् । डाहा र ईश्या भएका दुष्टहरूबाट देशभरका पत्रकारले के सेवा पाउँछन् ? पत्रकारहरू पनि बेइमानी छन् । आँखा छल्न उनीहरू पनि आफ्नो प्रकाशनलाई सुधार्ने गर्दैनन् । हरेक वर्ष प्रेस काउन्सिलको रिपोर्टले देशमा सनसनी ल्याउँछ । अरुको विरोध गर्दा आफू शुद्ध हुनुपर्छ । स्वार्थीका लागि सरकार सारथी भएको बेला प्रेस काउन्सिलका सदस्यको तोकिएको योग्यता हटाउनु पनि लोकतन्त्रकै एउटा पाटो हो । प्रेस काउन्सिलले वितरण गर्ने पुरस्कार कस्तालाई बाँड्छ ? गणतन्त्र दिवस र संविधान दिवसको बेला राष्ट्रपतिद्वारा दिलाइने पदक तथा विभूषणा कस्ताले पाउँछन् ? त्यो देखिएकै छ ।
राजा हुँदासम्म पञ्चले बहुदल कालमा काँग्रेसले जस्तो गरे त्यही नीति त्यही प्रवृत्ति त्यही शैली पदक तथा विभूषण वितरणमा पनि यथावत छ । यस सरकारमा नेकपा छ त्यसको नेतृत्वमा गणतन्त्र प्राप्तिको आन्दोलनको विरोध गरेर बालकोट दरबारमा मुरली बजाउने छन् । कर्मचारीले सरकारको निर्णय मान्न छाडे । न्यायिक शुद्धताको चर्को वकालत गर्नेहरूको धमाधम धोती खुस्केको छ । देशको प्रधानमन्त्री नै सबैतिर आफंै र आफ्नो गुटलाई राष्ट्रको ढुकुटीको साँचो सुम्पन कति पनि संकोच मान्दैनन् । देश हाँक्ने ड्राइभर नै गलत छ भने त्यसले व्यवस्थाको विकृति कसरी हटाउँछ ? त्यो बेला धनको दरिद्र भन्दा मनको दरिद्रले देश भद्रगोल बनाउँछ भन्दा के अपराध भयो ?
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल