Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर देशलाई परिवर्तनको गतिमा लैजान माक्र्सवादीहरू असफल भए । आदर्श र सिद्धान्त कसैमा छैन् । देश लुट्नु कम्युनिष्टको कर्तव्य हो । त्यही कारण सुन तस्करी, भुटानी शरणार्थी हुँदै ओम्नी, हुकाम, थामसेर्कूसम्मका पौरखी कामका नायकहरू नेता बनेकै छन् । काँग्रेसमा हिन्दूत्वको लहर आयो । सांसदहरू शंकर भण्डारी, देवेन्द्रराज कंडेल मात्र होइनन् यो एजेण्डामा डा. शेखर र शशांक समेत लतारिँदै छन् । १४ औं महाधिवेशन अगावैको महासमितिमा केन्द्रीय सदस्य भण्डारीले बहुमत सदस्यको हस्ताक्षर गरी नेतृत्वलाई बुझाए पनि चासो दिएनन् । काँग्रेस मात्र यो मामीलामा सचेत थियो भने धरानमा गोरु काटेर खाएको गर्व गर्ने आँट कसैलाई हुँदैनथ्यो । पैसाका लागि विकेका नेताले गति छाड्दा काँग्रेसका युवा नेता शंकर भण्डारीको एजेण्डा ओझेलमा पर्न गएको हो । यो एजेण्डाका संस्थापक स्व खुमबहादुर हुन् । अहिले हिन्दूत्वले सबैलाई झस्काएको छ । भक्तपुरमा पूर्व राजा पुग्दा जनताको भेल उल्र्यो त्यो स्थिती काँग्रेस कम्युनिष्टमा अब हुँदैन् । किनकी देशका नागरिकसँग पैसा खाएर नक्कली भुटानी शरणार्थी बनाउने, तस्करीमा सहभागी हुने हत्यारालाई आम माफी दिने प्रवृत्तिको विकास गराउने गणतन्त्र संघियता धर्म निरपेक्षताको ऐलान अव फितलो बन्दैछ । नेपालमा पञ्चायतकालदेखि नै कृश्चियन पाल्ने बढाउने काम समाज कल्याणले गर्छ । गाई काटेर भोज नलगाएको भए कृश्चियन प्रतिको लहर बाँकी रहन्थ्यो । हिन्दू धर्मको बाहुल्य भएको देशमा क्रिश्चियनको दादागिरीबाट समाज कल्याण परिषद् पनि जोगिँदैन । परिषद्लाई जर्मनी, अमेरिका, अष्ट्रेलियाका एनजीओहरू क्रिश्चियनको पैसामा क्रिश्चियन बढाउन तिल्लन छन् भन्ने थाहा छ । लुथरनवल्र्ड रिलिफ क्याथोलिग रिलिफ सर्भिसेज, एडभान्टेज डेभलपमेन्ट, व्लर्ड भिजन इन्टरनेशनल, आइएनएनएफ, इन्टरनेशनल र किन्डरनोथ लाइफ जस्ता संस्थाले रु ११ अर्ब भन्दा बढीको प्रोजेक्ट स्वीकृत गराएका छन् । यी संस्था राजाकै समयमा पनि थिए तर यस्तो अराजक बन्न सकेका थिएनन् ।
अशिक्षित, दुःखी, गरिब बढी भएका देशमा भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताकै निर्वाचिन क्षेत्र र जिल्लामा बढी क्रिश्चियन बढेका छन् । क्रिश्चियन लगानीमा सुस्ता पश्चिम, नवलपरासी, बर्दिया, कैलाली, रूपन्देही, सिन्धुली, कपिलवस्तु, काठमाडौंको काठ क्षेत्र, कास्की, लमजुङ, गोरखा, धादिङ, अछाम, बझाङ, डोटी, कञ्चनपुर, सुर्खेत, मुगु, सल्यान, हुम्ला, डोल्पा, रुकुम पश्चिम, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला जस्ता जिल्ला रोजिएका छन् । सप्तरी, धनुषा, रौतहट, महोत्तरी, सर्लाही, उदयपुर जस्ता जिल्लामा पनि यी आइएनजीओको कार्यक्रम छन् । गरिब देखाएर बाइबलको प्रचार गर्दा धनुषामा क्रिश्चियनहरू खेदिएका छन् । चर्चमा ध्यान गर्दा बाहिर कोही भड्कदैन । तर घर घर पुगेर रोगी र बृद्धलाई प्रभाव पार्ने काम भएका छन् । त्यो सत्य बिर्सन हुन्न । राजनीतिक अराजकताको यो रणनीतिलाई कम्युनिष्टले बोके पनि काँग्रेसले नबोक्ने अवस्था छ । यो स्थितिमा एमाले माओवादीलाई तह लगाउने काम काँग्रेसले गर्ला शंका छ । किनकि हाम्रा सांसद लोभी पापी छन् । चुनावको खर्च सांसदले अपराधीको संरक्षण गरेर भ्रष्टाचारमा सहभागी भएर माफियाको काम गराएर ठेक्कापट्टा दिलाएर उठाउने गरेका छन् । पार्टी जो जहाँ होस्, देश पहिलो प्राथमिकतामा पर्नुपर्छ । काँग्रेसभित्र बुझक्कड धेरै छन् । गगन थापाको बोली र विश्वप्रकाशको योजनामा देश प्राथमिकतामा छ भने असक्षम मन्त्री फिर्ता बोलाएर जनताको सेवा गर्ने सामथ्र्य भएका सांसदलाई सरकारमा पठाएर सरकारी तहबाटै धर्म निरपेक्षता हटाउन लबिङ गर्नु पर्ने आवश्यकता छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल