Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट नमिले गौतम एक्लै गुटुटु

काठमाडौं । नेताहरुको अहंकार नहटी कम्युनिष्ट एकता त के वाम गठबन्धन पनि सम्भव छैन त्यसको औचित्य पनि देखिँदैन । कम्युनिष्टले धेरै सिट ल्याए भ ने के हुन्छ भन्ने कुरा केपी ओलीले ४१ महिनजामा सबै छर्लङ्ग बनाइदिएका छन् । यही बेला नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। बिहीबार भक्तपुरको बालकोटमा ओलीसँग गौतमले लामो छलफल गरेका छन् । हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं, गौतमले भने, अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए। हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ, उनले भने, उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु। गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्। त्यही अभियानअन्तर्गत बिहीबार ओलीलाई भेट्न गौतम बालकोट पुगेका हुन्। अन्य कम्युनिस्ट नेताहरुसँग पनि आजदेखि समय लिएर निरन्तर भेटघाट हुने गौतमको सचिवालयले जनाएको छ।