Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा समातिए चार युवा

कैलाली । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गौरीगंगा नगरपालिका(४ बस्नेहरु २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेका छन् । ती किशोरी सहित ४ जना सोही ठाउँ चनौरा बस्ने आफन्तको घरमा गई राति फर्कने क्रममा सोही नगरपालिका(१ खुरखुरीया नजिकै पुग्दा मोटरसाइकलमा आएका नरेश समेतका ४ जनाले ती किशोरीसँगै आएका ३ जनालाई धारिलो हतियार देखाउँदै कुटपिट गरी उनलाई करिब १ सय मिटर पर लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार