Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्मचारीतन्त्र र सुरक्षा निकायलाई दाहालको आग्रह

काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान तीनवटा सुरक्षा अंगका प्रमुखलाई आफ्नो निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्। साथै उनले सबै उपायहरूको अबलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशनसमेत दिएका छन्। भेटमा प्रधानमन्त्री दाहालले सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्। दाहालले सिमलताललगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएतापनि देशको स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न आग्रह गरेका छन्।


सम्बन्धित समाचार