Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
निर्देशक तथा कलाकार राजु गिरी
० यो क्षेत्रमा कसरी आउँनुभयो ? घर परिबारको चाहना के थियो ?
– सानैदेखि कलाक्षेत्रमा भने पछि हुरुक हुन्थे । स्कुल तथा स्थानिय तहमा हुने कला क्षेत्रका विभिन्न कार्यक्रमा भाग लिने गर्थे । मैले स्थानिय स्तरमा हुने कार्यक्रम र स्कुलमा हुने कार्यक्रममा आफूलाई सक्रिय रुपमा सहभागी गराउथे । त्यहीँ वालापानदेखि नै कला क्षेत्रमा रहेको मेरो चाहले नै मलाई यो क्षेत्रमा ल्याएकोे हो । मेरोे बुबा आमाको इच्छा त मलाई लाई डाक्टर वा इन्जिनियर बनाउने थियो । तर, मेरो मोह भने कलाक्षेत्रमा थियो । विक्रम सम्वत् २०४९ मा एसएलसी पास पछि उच्च शिक्षा अध्ययनसँगै सानै देखिको कला क्षेत्रको मोहले मैले चलचित्रमा ‘हिरो’ बन्ने अठोट पुरा गर्ने तर्फ सोच्न थाले । यसका लागि मनभरि रङ्गीन सपना सजाएर काठमाडौं आए । काठमाडौं आए पछि आफ्नो सपना पुरा गर्न म चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वलाई भेटन थाले । यसैक्रममा मैले कलाकार दिनेश डीसीलाई भेटे । दिनेश डीसीसँगको भेटले मैले नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रसारण हुने डीसीकै टेलिश्रृङ्खला ‘टाक्कटुक्क’ मा चारवटा भागमा अभिनय गरे ।
० पछि फेरि पोखरानै फर्किनु भयो होइन ?
– हो, मैले सोचे जस्तो भएन । केही लाख रुपैयाँ पैसा पनि सकियो । अनि म फेरि पोखरातर्फ नै लागे । आफूले सोचे जस्तो नभएपछि फेरि घर पोखरा पुगेर मैले क्यासेट, सीडी र साइकल पसल सञ्चालनमा ल्याए । पसल सञ्चालनमा त ल्याए तर मेरो मनले मानेन । चलचित्रको ‘हिरो’ बन्ने ‘ह्याङओभर’ले छोड्दै छोडेन मलाई । हिरो बन्ने सपनाको हुटहुटीले मलाई सताइ नै रह्यो । आफ्नो सपना लाई विपनमा चरितार्थ गर्न म वि.सं. २०६१ मा पुनः काठमाडौं आए । त्यतिबेला मेरो बुबा शंकर क्षेत्रीय घरेलु तथा साना उद्योग विकास कार्यालय पोखरामा नायब सुब्बा रहनुभए पनि पछि काठमाडौंको थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभागमा सेवा गरी अधिकृत पदबाट अवकाश पाउनुभयो । आमा पूर्णकला भने घरव्यवहार र सानोतिनो व्यापारका अतिरिक्त समाजसेवामा सक्रिय हुनुहुन्थ्यो । म बुबा आमाको एक्लो छोरो हुँ ।
० पुनः काठमाडांै आएपछि आफूलाई कसरी अगाडी बढाउनु भयो ?
– पुनः काठमाडांै आएपछि मैले दूरदृष्टिका साथ सही मार्ग पहिल्याउन थाले । सुरुमा मैले ‘डीआर म्युजिक कम्पनी’ खोले । त्यहाँबाट गीति एल्बम र अडियो निकाल्न थाले । आफू निर्देशक बनेर मैले छोटो अवधिमा नै एक सय पाँचवटा एल्बम पनि निकाले । मैले ‘पानको पातैले’, ‘माइक्रो मिनी बस’, ‘आँसु नझारे’, ‘चुँडी छम्माछम्मा (देउडा), ‘पोहोर सालको बाढीले’, ‘थामिदेऊ हात’लगायतका त्यतिबेलाका चर्चित एल्वम गरे । वि.सं.२०६१ बाट मैले म्युजिक भिडियोमा अभिनय र निर्देशन पनि गर्न थाले । म्युजिक भिडियोमा अभिनय र निर्देशनसँगै ठूलो पर्दाको चलचित्रमा समेत आफ्ना पाइला अघि बढाए । २०६१ मा मैले ठूलो पर्दामा आफूलाई नायकको भूमिकामा उभ्याए । मैले चलचित्र ‘खतरनाक जंगल’मा अभिनय गरे । त्यसपछि मैले ‘घातक मान्छे’, ‘अन्त्य’, ‘रामलक्ष्मण’, ‘करण अर्जुन’, ‘कृष्णा’, ‘मुक्ति’लगायत २० चलचित्रमध्ये केहीमा नायक र धेरैजसोमा खलनायक बनेर अभिनय गरे ।
० टेलिश्रृङ्खला तर्फ पनि लाग्नु भयो होइन ?
– हो, वि.सं.२०६२ मा मैले ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’ टेलिश्रृङ्खला निर्माण गरे । नेपाल टेलिभिजनबाट हरेक बुधवार ७ः३० मा प्रसारण हुने, आफैं निर्माता र कलाकार रहेको त्यसै टेलिश्रृङ्खलाले मलाई ‘कुखरी काँ’को उपनामले दर्शकमाझ चिनाउने, स्थापित गराउनेमात्रै होइन– यहाँसम्म ल्याइपु¥यायो । यसैगरी एनटीभीबाटै बुधवार ८ः३० मा आउने टेलिश्रृङ्खला ‘खुल्ला किताब’को पनि मैले ४५ भागसम्म निर्देशन गरे ।
० ठूलो पर्दाका चलचित्र निर्देशनतर्फ कसरी अघि बढनुभयो ?
– २०६३ बाट मेरा पाइला ठूलो पर्दाका चलचित्रको निर्देशनतर्फ अघि बढेका हुन् । मैले निर्देशन गरेको पहिलो चलचित्र हो– ‘हत्याकाण्ड’ । त्यसपछि मैले ‘दिलमाया’ (२०६४), ‘चन्द्रवती’ (२०६६), ‘बिन्दास’ (२०६८), ‘रक्षा’ (२०६९), ‘बिन्दास–२’ (२०७०), ‘टाइगर’ (२०७१), ‘मखमली’ (२०७२), ‘जिसम’ (२०७३), ‘निर्जला’ (२०७४), ‘दिलवाले’ (भोजपुरी–२०७५), ‘मखमली–२ (२०७६) लगायतका चलचित्र निर्देशन गरे । अब ‘बिन्दास–४’, ‘जिसम–२’ र ‘म्याड लभ’ (हिन्दी) निर्देशनको तयारीमा रहेको छु ।
० तपाईंका चलचित्रले राम्रै चर्चा कमाउन पनि सफल भए होइन ?
– तपाईंले भने जस्तै मेरा चलचित्रले राम्रै चर्चा कमाउन सफल भए भन्ने नै लाग्छ मलाई । नेपाली चलचित्र क्षेत्रमा सानै भूमिकादेखि प्रवेश गरेको म यो क्षेत्रमा राम्रै चर्चा कमाउन सफल भए भन्ने लाग्छ । मेरा क्रियशनलाई दर्शकले मन पराइदिनु भयो मेरा लागि सबैभन्दा ठूलो खुशीको कुरा नै त्यही हो ।
० यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्थामा पनि रहनुभएको छ ?
– मैले मेरो जीवन यही क्षेत्रमा सर्मिपित गरेको छु । यो क्षेत्रले नै मलाई मान सम्मान, इज्जत, प्रतिष्ठा दिएको छ । यस क्षेत्रको श्रीवृद्धिका लागि म यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्थामा पनि आबद्ध रहेर आफूले सकेको सेवा गर्ने कोशिस गरिरहेको छु ।
० अहिले आएर फर्किएर हेर्दा तपाईंले निर्देशन गरेका चलचित्र कस्ता छन् जस्तो लाग्छ ?
– मैले अहिलेसम्म नेपाली चलचित्रको क्षेत्रमा जति चलचित्र निर्देशन गरे ती आफैँमा महत्वपूर्ण छन् र व्यवसायिक सफलता प्राप्त गरेका छन् । चलचित्रको निर्देशकिय क्षेत्रमा मैले जुन कुरा पस्किए त्यसैले मेरो छुट्टै पहिचान बन्यो भन्ने लाग्छ । नेपाली कला क्षेत्रमा मैले अझैँ धेरै काम गर्न बाँकी रहेको छ । यो क्षेत्रको लामो अनुभव, निरन्तर, आफूलाई परिष्कृत, परिमार्जन तथा अझ परिपक्क बनाउँदै नेपाली कला क्षेत्रलाई कसरी राम्रो भन्दा राम्रो बनाउँने भनेर म निरन्तर लागिपरिरहेको छु ।
० अन्त्यमा मनमा लागेका कुरा ?
– हरेक मंगलबार प्रकाशन हुने लोकप्रिय पत्रिका ताजाखबर मार्फत मेरा जीवनका पाटा र यो क्षेत्रका केही कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपाली चलचित्र हेरौ, नेपाली कला संस्कृतिलाई माया गरौ भन्न चाहन्छु ।
– मनोज दियाली
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल