Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसले रोक्ला हजुर शिक्षा क्षेत्रको लुट ?

काठमाडौँ । शिक्षा क्षेत्रको लुट रोक्ने अभियानमा कोही कसैको अग्रसरता देखिँदैन । शिक्षा क्षेत्रमा राजनीतिक क्षेत्रका माफियाहरुको लगानी भएकै कारण यस क्षेत्रको लुटमा सबैले आँखा चिम्लिए पन ती लुटेराहरुका लागि डा. गोविन्द केसी आँखाको कसिंगर बनेका छन् । पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । खान र बस्नबाहेक मेडिकल कलेजले विद्यार्थीसँग शुल्क लिनु गैरकानुनी हो । होस्टलमा खाने र बस्ने पनि विद्यार्थीको ऐच्छिक विषय हो । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा पास भएर विश्वविद्यालयमै भर्ना भएर पढ्न गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागेको अभिभावकले बताएका छन् । एमबीबीएसलगायत चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्र आइतबार सुरु भएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका अधिकांश मेडिकल कलेजले बढी शुल्क लिन ‘मोलमोलाइ’ गरेको अभिभावक र विद्यार्थीले बताएका छन् । मणिपालले पनि काठमाडौं विश्वविद्यालयबाटै सम्बन्धन पाएको हो । मणिपालले खेलकुद, सूचना प्रविधि शीर्षकमा २० हजार, डकुमेन्टेसन शुल्क २ हजार, धरौटीबापत २ लाख ३०, काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसनबापत २५ हजार, नेपाल मेडिकल काउन्सिल शुल्क ५ हजार, होस्टल फर्निसिङ शीर्षकमा २० हजार, होस्टलबापत १ लाख ३८ हजार, मेस शुल्क १ लाख ५० हजार, इन्स्योरेन्स र मेडिकेयर शीर्षकमा ६५ हजार शुल्क लिएको एक छात्राले गुनासो गरिन् । त्यसबाहेक परीक्षा शुल्क भनेर छुट्टै मागिएको छ ।
विद्यार्थीसँग अतिरिक्त शुल्क उठाएपछि अनेरास्ववियु र नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनले मणिपाल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक तथा एमबीबीएसका विद्यार्थी मनीष भट्टराईले मणिपालले प्रतिविद्यार्थी ६ लाख रुपैयाँका दरले बढी शुल्क लिएको जानकारी दिए । चिकित्सा शिक्षा आयोगले सूचना जारी गरेर ऐनमा तोकिएकोबाहेक विद्यार्थीसँग थप शुल्क नलिन मेडिकल कलेजहरूलाई सचेत गराएको छ ।