Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसको अडान एमाले एक्लै 

काठमाण्डौ । आफ्नो पार्टीका तीनजना कारवाहीमा पर्ने माओवादीका उपाध्यक्ष कृष्ण महरा छानविनमा नपर्ने भएपछि काँग्रेसीहरू सरकारसँग तर्सेका छन् । वालकृष्ण खाँड, विजय गच्छेदार, डा.शुनिल शर्माका कमजोरी जति छन त्यो कृष्ण वहादुर महराका पनि छन् । महरा प्रवक्तावाट हटाइए वर्षमान छानविन गरौं भनेकै छन् । काँग्रेसले छानविन केन्द्रीय अनुसन्धान व्यूरोवाटै गर्न जोड दिएको छ । सुन प्रकरण राजस्वले पनि छानविन गर्दै थियो ।
सरकारी स्तरको अनुसन्धानमा अव्वल प्रहरीको सिआइविलाई एमालेले नपत्याउनुको कारण आँफू सहभागी १२ काण्डमा ढाकछोप गर्न नपाइने डर हो । आयोग बन्दा भागवण्डामा दूवै थरीका अपराध लेनदेन हुने अवस्था आउँछ । एमालेले जलारी काण्डमै नांगिन्छ पत्तो छैन् । काँग्रेसी डन सुनिल शर्माले केपी ओलीलाई राष्ट्रपिता मानेर काँग्रेसका नेता माथि नालायक र डुकुलण्ठू भनेको वचन गल लाग्दैछ । शर्मा माओवादीलाई सरकारबाट हटाएर शेरवहादुर देउवा र केपी ओलीलाई पालैपालो प्रम बनाउने भन्दै डुक्रीएको पनि काम लागेन् । काँग्रेसले सत्ता गठवन्धन अझ वलियो बनाउने निर्णय गर्यो । संसदीयदलको वैठकमा शर्मा कूर्ले पनि गगन थापाले कुनै महत्व दिएनन् । डा. शेखरको साटो अर्जून नरसिंहले बोलेका थिए । केसीको भनाई शर्माले नक्कली शैक्षिक प्रमाणपत्र बोके पनि त्यो प्रमाण पत्रले काम नगरेको बताएर काँग्रेस जनाए ।
अर्थमन्त्री डा. महतको ९० प्रतिशत हात तस्करीसँग जोडिएको बताउने डा. सुनिललाई अवको बाटो तयार गर्न कठिन छ । डा. शेखरको कोटाबाट मोरङ ३ बाट निर्वाचित शर्मा नोवल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजका सञ्चालक हुन् । झापाका दूर्गा प्रसाँईले शर्माको चाकडी राम्रै गरेका थिए । केपीलाई राष्ट्रपिता भन्ने यी दूवैजना मेडिकल माफीया हुन् । यीनको राजनीति स्वार्थ फाइदा लिने हो । एमालेले भनेको उच्च स्तरको छानविन ३८ कुइण्टल सुन प्रकरण हो । त्यो वेला लगानी कर्ता पक्राउ परेनन वामदेव गौतम जोडिएपछि छानविन रोकिएको कुरा सवैलाई थाहा छ । प्रचण्ड सरकारले आफ्नो अर्को नभनि सवैलाई छानविन गर्ने भएको छ । आफ्नै पार्टीका उपाध्यक्ष महराको प्रवक्ता पद खोसीनु पार्टीका कारवाही सरह हो ।
संसदमा सरकार र प्रतिपक्षको द्वन्द्वले देशका समस्या वाढी पहिरोको समस्या प्रवेश गर्न पाएन । राप्रपा र रास्वपाको हैसीयत एमाले अध्यक्ष केपीको पुच्छर बन्ने नै हो । राप्रपामा राजेन्द्र लिङदेनका विरुद्ध पूराना पञ्चहरू डा. प्रकाशचन्द्र लोहनीलाई अगाडि सारेर लोकेन्द्र बहादुर चन्दको शरणमा पुगेका छन् । विपक्षीको लडाँइले जनताको समस्या यस पटक सदनमा चर्कन पाएन । एमालेका अध्यक्ष केपी ओलीले आफ्नो स्वार्थमा प्रधानमन्त्री प्रचण्डको खेदो खन्ने वाटो खोज्दैछन् । आफू प्रम हुँदाका दर्जन अपराधको चासो केपीलाई छैन् ।


सम्बन्धित समाचार