Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसभित्र ०८२ का लागि आजै हतार

काठमाडौं । छोरा पाउने कहिले कहिले कोक्रो बुन्ने अहिले भने झैं नेपाली काँग्रेसभित्र पार्टीको १५औं महाधिवेशन र आगामी संसदीय चुनावका बारेमा पार्टी केन्द्रीय समितिमा चर्काचर्की शुरु भएको छ । यो विवादका असली पात्रहरू महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् । थापाले चुनावमा कसैसँग गठबन्धन नगर्ने भनेका छन् । उनको विगत पर्दाफास भयो । देशको सूचना विदेशीलाई बेच्ने गरेको आरोप गृहमन्त्री हुँदा सहकारी ठग रवि लामिछानेले लगाए, व्यवसायीक कृषिका नाममा लिएको अनुदान, त्रिविविको वेभसाइड बनाउन लिएको ३५ लाख पनि चर्चामा थियो । स्वास्थ्य उपहरण खरिदको चर्चा पनि हो । भ्रष्टाचारका विरुद्ध चर्को बोले पनि गगन आफैं भ्रष्टाचारमा जोडिएका इस्यु धेरै छन् । रवि लामिछानेको साथ थिएन भने गगन थापा काँग्रेस र माओवादीको भेटले मात्रै ०७९ को चुनाव जित्न सक्दैनथे तर उनले त्यस्ता गुन बिर्सिए । संसदीय दलमा गगनको मतले टिमभित्र बिमती देखियो । गगनको प्रस्ताव काँग्रेसले देश, काल परिस्थिति अनु्सारको निर्णय हुनुपर्छ भन्नेमा छ । तर समस्या अर्का महामन्त्री विश्वप्रकाश शर्माको मन्त्री, प्रधानमन्त्री र सांसद बन्न समय तोकिएको हो । जनतालाई कति गरियो देशको हित कति भयो भन्दा पनि ज्योतिषले ७ पटक प्रम बन्ने ग्रह छ भन्दा उमेरले डाँडो काट्दा जहाँ बस्यो त्यहाँ रमाउनु भन्दा निदाउनु श्रेयकर ठान्ने अवस्थामा पुगेका पार्टी सभापति शेरबहादुरका लागि महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीति प्रस्तावले छटपटी बनाएको छ । यी दुई महामन्त्रीको प्रस्ताव खुट्याउनका लागि संस्थापन पक्षले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राख्ने गरेको छ । काँग्रेसमा घडी चोर, ज्यानमारा, तस्कर, राजश्वमारा, गुण्डाहरूले ठाउँ पाउने गरेका छन् । रामहरि खतिवडा, मोहन बस्नेत, बादशाह कुर्मी, दिपक खड्का, मीनकृष्ण महर्जन, रोज राना नमूना हुन् । अपराध र अपराधी संरक्षण काँग्रेसको साझा सम्पत्ति हुँदा डा. आरजु र मञ्जुले चम्काएको नक्कली भुटानी शरणार्थी प्रकरणसँग आरजूको गिरिबन्धु र धनगढी जग्गा प्रकरण नौलो भएन । संस्थापनले ०८२ मंसिरमा पार्टीको १५औं महाधिवेशन गर्दैन कि भन्ने शंका उठाउने डा. शेखर कोइरालालाई सभापति देउवाले सबै मिलेर तोकिएको समयमा महाधिवेशन गरौं भन्दा मञ्चमै नाजवाफ हुनु परेको बिर्सन हुन्न । विवाद पूर्णबहादुसर खड्काको माओवादी जनयुद्ध र त्यसले दिएको लोकतान्त्रिक व्यवस्थाप्रतिको विमतीमा पनि थियो । तर उनले प्रतिवेदन सच्च्याए । आफैं विवाहित पत्नी छाडेर अनिता कपालीकी बहिनीसँग रमाएका खड्का पटक पटक मन्त्री भए । पार्टी उपसभापति भएका बेला माओवादी विरुद्ध जसरी प्रतिवेदन तयार पारे त्यसले आगामी चुनावमा एक्लै चुनाव जित्न उनलाई सहज छैन भन्ने सन्देश काँग्रेसको लथालिंग शैली काफी छ ।
तोकिएको समयमा कहिल्यै महाविधेशन नगर्ने, पार्टीका विभागहरू २ वर्ष ८ महिनासम्म पूर्ण नबनाउने त्यो काँग्रेसले अरु कम्युनिष्ट पार्टीहरूको संगठन चुस्तता देख्दैन । विधानमै छ महिना, संविधानमा छ महिना समय थप गर्दा ०८२ मंसिरको सट्टा ०८३ मंसिरलाई टार्गेट बनाइयो भने पनि नौलो हुने छैन । सभापति देउवाले अब त्यो पदको दाबी गर्ने ठाउँ छैन । किनकि उमेर हद त्यहाँ छैन विधानले २ पटक भन्दा बढी सभापति बन्न दिएको छैन । प्रधानमन्त्री, मन्त्री र सांसदको लागि समय तोक्दा पार्टीमा राजनीतिक कुटनीतिक अनुभव भएका नेता खुम्चने नयाँबाट सोचे जस्तो नहुने हुन सक्छ । व्यवहारिक विषय काँग्रेसले सोच्दैन । सभापति देउवालाई आफ्नो बुढ्यौलीपन र श्रीमती आरजु राणको राजनीतिप्रतिको रुचिलाई ध्यान दिनु छ । छोरा जयवीर देउवा, मामा भूषण राणाहरूसँग मिलेर व्यवशायमा लागेकाले राजनीतिक स्थान लिने ठाउँ छैन । तर पार्टीको विपक्षी डा. शेखर गुटलाई महाधिवेशनको हतार छ किन प्रश्न उठेकै छ ।


सम्बन्धित समाचार