Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसले दियो विद्रोहीलाई ५ बजेको अल्टिमेटम

काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसले बागी उम्मेदवार फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएको हो । आज एक विज्ञप्ती जारी गर्दै कांग्रेसले आज शुक्रबारसम्म ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान २०१७ को धारा ४ (१३) ग बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ ।’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।