Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : गगन थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताएका हुन् ।

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । नेपाली कांग्रेसमा योगदान दिनुभएका पात्रहरूलाई हामीले गाउँ(गाउँबाट खोज्न आवश्यक छ । किनभने कांग्रेसभित्रको फोहोर हामीले सफा गर्नुपर्नेछ । कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति ऐनाअगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । काँग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा कांग्रेसभित्रको फोहोर थोरै छ । कांग्रेसभित्रको सफाको अंश धेरै छ । तर त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ, महामन्त्री थापाले भने ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल