Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा संसदीय दलको नेता छान्नै महाभारत

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित गरिएको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो। यससँगै केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्न वार्ता टोली गठन गरेको छ। कांग्रेसले उपसभापतिÞ विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेको छन्। संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको सुरु गर्ने कार्यक्रम रहेको थियो। त्यसअघि बिहीबार मतदाताको नामावली प्रकाशन गरिएको थियो।

सुकुम्बासीको दीर्घकालीन समान खोजौंः काँग्रेस
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। प्रवक्ता देवराज चालिसेले यो समस्याको समाधान साझा अवधारणा भएको र यसलाई दीर्घकालीन रुपमा हल गरिनुपर्नेमा जोड दिए। जमिन र आवासको सुविधा हरेक नागरिकले पाउनुपर्ने अधिकारप्रति कांग्रेस दृढ रहेको उनले स्पष्ट पारे। सुकुम्बासी को हो र को होइन भन्ने छुट्याउने काम सरकारको भएको र वास्तविक सुकुम्बासीलाई व्यवस्थित गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ। तर यस्ता समस्या समाधान गर्दा सरकारले दमनको बाटो लिन नहुने उनले चेतावनी दिएका छन्। उनले भने, यो विषय अदालतमा पनि उठिसकेको विषय हो धेरै संसदमा पनि छलफल भइसकेको विषय हो। यसरी समाधान गर्नै पर्छ। देशमा भूमिहीन राख्नै पाइँदैन जनताको मौलिक अधिकारको विषय हो यो। भने यो समस्याको समाधान हुन्छ कि जनताको अधिकारको विषय हो त्यसकारण यसलाई को हो को होइन त्यो छुट्याउने काम सरकारको हो। र जो सुकुम्बासी छ त्यसले भूमि पाउनु पर्ने उसको अधिकार हो र कसरी व्यवस्थित गर्ने त्यो सरकारको दायित्व हो।


सम्बन्धित समाचार