Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरिएको छ । यसअघि गत साउन २३ गते सुरु भएको बैठक सहमति नजुट्दा स्थगित हुँदै आएको छ । साउन २८ गतेसम्म चलेर भदौ ७ गतेसम्मका लागि सारिएको बैठक भदौ १२ हुँदै आजसम्म आइपुगेको हो । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयसँग दुईपटक छलफल गरे पनि सहमति हुन नसकेपछि शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक राखेका थिए । बैठकमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति भएको दाबी गरिएको छ । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय कांग्रेसमा विवादित छ ।