Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस र एमालेको समीकरण ०८४ को मंसिरसम्मै जान्छः प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण नै कायम रहने दाबी गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै विरोधीहरुले षड्यन्त्र गरेपछि समीकरण तलमाथि नहुने बताए । उनले भने, ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ । म ०८३ असारसम्म प्रधानमन्त्री रहन्छु र देउवालाई जिम्मा लगाउँछु । अब मैले १८ महिना चलाउँछु र १८ महिना शेरबहादुरजीले चलाउँनुहुन्छ । यसमा कुनै भ्रम नराखे हुन्छ । उनले कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी भएपनि देशलाई अफ्ठ्यारोमा पार्न खोजेपछि एक ठाउँमा आएको जिकिर गरे ।

सहकारी ठगी गरेर अरुलाई गाली गर्नेर
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुनै पनि भ्रष्टाचार र ठगी गर्नेलाई कारबाही गरेरै छाड्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँको दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ । साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तिर लक्षित गर्दै भने, यहाँ त उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन् । आफैँ सहकारी ठगी गर्ने अनि अरुलाई गाली गर्ने ? उनले आफ्नो दल र सरकार शान्तिको पक्षमा रहेको पनि उल्लेख गरे । ‘विश्वस्तरमा पनि हामी परस्परमा एकताको भावनामा छौं, प्रधानमन्त्री ओलीले भने ।

अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउ
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको प्रष्ट पारेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरुलाई भने, ‘तपाईंहरु एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईंहरु हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।