Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मात्नु हुदैनथ्यो प्रम ओली माते । उनमा सदभाव, सदाचार, समानता र खुलस्त व्यवहार निष्पक्षता रहनेछ । गुटको नेता बनेर आफ्नो प्रशंसा खोज्ने चरित्रका धनी केपि ओलीले पार्टीको होइन गुटको, देशको होइन कुनै विशेष क्षेत्रको ख्याल गरे । उनको राष्ट्रवादी र देशभक्तिको ऐलान केवल जनता छक्काउने माध्याम रहेछ । आफ्नै पार्टीका मान्छे एकजुट र एक ठाँउमा मिलाउन नसक्नेले माओवादीबाट गएका काउसा रुपि लठैतहरुको जति नै भरणपोषण गरेपनि मतदाता बढ्दैनन् भन्ने कुरा बेलैमा सोचे हुन्छ । राजसंस्था, राजाको सेना प्रहरी र व्यवस्था विरुद्ध हतियार उठाएको परिवर्तनकारी शक्ति माओवादीसँगे चिन्तन कसरी मिलाउन् ? ओलीको कपट, स्वच्छचारिता र अहंकार भित्र १४ वर्ष जेलको योग्यताले पुगेन । जन आन्दोलनको नेतृृत्व गरेको नेता ओली थिएनन् । वयलगाढा र प्रहरासँग कुहिनो ठेलेर हुदैन भन्ने यीनको चिन्तनको पुच्छर बनेका शंकर पोख्रेल पृथ्वी सुब्बा प्रदिप ज्ञवाली सुभाष नेवाङ्गहरुको प्रवृत्ति सुधारोन्मुख छ र थियो भन्ने उपेक्षा हुन्छ कसरी ?
परिवर्तनकारी वर्ग भन्दा दरबार र सत्ताको वरपर बसेर भान्से बन्न चहाने ओलीलाई दोस्रो सत्ता दिलाउने पनि माओवादी केन्द्र थियो । पहिलो पटक उनले आफू प्रम हुने ग्यारेन्टी भएपछि संविधान जारी गर्न मानेका थिए । ओलीको लहडमा माओवादीसँग पार्टी एकता भयो । आफू प्रम बन्ने ग्यारेण्टी नहुँदा सम्म यीनले नेपालको संविधान २०७२ जारी गर्न सहभत भएनन् । काल्पनीक सम्वृद्दि काम नहुने योजना यीनको जनता छल्ने बाटो बने । आफ्नैलाई खेदेर अर्काे पार्टीबाट भित्र्याएका काउसो बोक्दा ओलीको छनक देखियो । काउसो बोकेर उदेश्य पूरा हुदैन न त संगठन बलियो हुन्छ । महामारीमा समेत कमिशन खोज्ने र कात्रोमा कमिशन खानेले मुलुकको निम्ति राम्रो गर्याे, कामको उपयोगिता पहिल्यायो भन्ने होइन । जनताले कम्युनिष्टको नाउमा भए गरेका कामको समिक्षा गर्छन् । ओली शासनमा राष्ट्रको बजेट योजनाको छनौटमा भेदभाव भयो । यस्तो भेदभाव अझै हुँदैछ । कम्युनष्टिहरु समानताका पक्षधर हुन भन्ने कुरा भ्रम हो भन्ने पुष्टी कम्युनिष्टकै नाममा प्रधानमन्त्री भएकाहरुले देखाए । ओली त्यसका ग्य्राण्ड फादर नै रहेछन् ।
नैतिकता थियो भने फागुन १२ गतेको सर्वाेच्चको फैसला पछि विश्वासको मत यीनले लिनु पथ्र्याे । संसदीय व्यवस्थाका मूल्य मान्यता माथि प्रहार गर्ने ओली संसदको शितकालीन अधिवेशनमा एकदिन पनि संसदमा गएनन् । आफैले भत्काएको संसदबाट विश्वासको मत नपाएपछि पदकै निम्ति यीनले चलाएको जाली कामको समर्थन सबैले गर्नुपर्छ भन्ने अवस्था भएन । किनकी देशको राजनीतिमा तत्कालीन आवश्यकता र औचित्य यहाँ पुष्टी हुदैन । विवादमा आएपछि यीनले पदमा झुण्डीनु नै तीनको निष्ठा र त्याग बन्दैछ । गुटको चहलपहल चर्किदा राष्ट्रपति कुन त्यस्तो विद्दान विदुषी भइन र संस्थाको मर्यादा रहने ?
नभएका योजनाको शिलान्यास, निर्माण सम्पन्न नहुँदै उद्घाटन, दल विखण्डन, राम र सिताको जात्रा संसदको अपमान महामारी धपाउन बेसार पानी खाने, अम्बाको पात चपाउने, हाछिउँ गरेर कोरोना भगाउन दिएको संसदमा निर्देशन नै काफी छन् । भिड्तन्त्रको नायक आफू बनेर अरुको खेदो खन्नेले एकिकृत पार्टीका संरचना भत्काउन के सम्म गरे सबै छर्लङ्ग छ । देश, जनता, संसद, कानूनलाई ढाट्नेले विश्व समुदायलाई समेत ढाँटेर नेपालमा कोरोना महामारी सरकारको नियन्त्रणमा छ भनेकै दिन ५४ जना त्यसको भोली पल्ट २२५ जनाको ज्यान जाँदा सिएन एनले कित पत्यायो ? भ्रष्ट देशका फटाहा प्रधानमन्त्रीको कुरा ? कुटनीतिक असफलता लम्फूलाई परराष्ट्रमन्त्री बनाउदाको फल हो । राम्रो काम भन्दा नराम्रो धेरै भएपछि राम्रा छाँयामा पर्छन् । गुर्जाेको प्रचार गर्दै कमिशन लुड्याउने यीनै भए ।
एकता सहमति सहकार्य ओलीका योजनामा परेनन् । छुद्रता, दुष्टता, प्रभूत्व, अहंकार, अपमान र असव्यताको खानी ओली पथ हो । इश्वर पोख्रेल, सुभाष नेवाङ्ग, अग्नी खरेल, शंकर पोख्रेल जस्ता ओलीका पन्डाहरुको राजनीति एमाले भित्रै पचेको छैन । राजनीतिलाई व्यापार र कमिशनसँग जोडेर बदनाम भएको राजनीति पात्रमा मोती दुगड, सुरजबैद्य, रितू सिहंवैद्य र अग्रवालहरुको कनेक्सनले जनतालाई कोरोना विरुद्धको खोप दिलाउन समयमा सकिएन भन्ने लाग्छ भने भोलि यस्तै गल्ती नदोहोरिन सक्छ भन्ने विश्वास दिलाउन परेन । तर ओली र उनको ब्राण्ड भित्रका धतुरेहरुले गल्ती सच्चाउछन् भन्न सकिदैन । सत्ता पाए सम्म नछाड्ने धेरै छन् । तर सदनले तिमी भएनौ छोड भने पछि फेरि संविधानको आड लिएर जात्रा प्रदर्शन किन गर्नु पर्याे ? कसको निम्ति कमाउनु छ अब ? त्यसो त महन्त ठाकुरलाई भारतले ओलीकै पक्षमा उभ्याउँदा जति बुर्कुसी मारे पनि प्रचण्ड, देउवा, यादवको खेल पूरा हुने देखिदैन किनकी यहाँ शेर बहादुर देउवा प्रधानमन्त्री पद त्याग्न चहादैनन् । ओलीको सत्ता टिक्नुमा अब काँग्रेस दोषी हुनेछ । किनकी यहाँ माधव नेपालहरुको सहयोगले मात्र पुग्दैन । त्यसमा पनि माधव समूह खुट्टा कमाइरहेको अवस्थामा देउवाले कठोर निर्णयका साथ जसपाका कोही नेतालाईलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको खण्डमा मात्र ओलीको अहंकारीपन माथि प्रहार होला नत्र पारा यहि हो । मुलुकमा नितिगत भ्रष्टचार र विचौलियाको सकृयाता झ्न बढ्ने छ । कोरोनाको महामारीमा कमाउन पल्केको गिरोहलाई मानवताको ख्याल छैन ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल