Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौँ उपत्यका ठप्प, उल्लघन गर्नेलाई यतिसम्मको कारबाही

काठमाडौँ । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ । कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो । भदौ १० गतेसम्म जारी गरिएको निषेध आदेश कार्यान्वयनका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अत्यावश्यक कामका लागि पाससहित हिडेका सवारीसाधन र मानिसहरूलाई समेत सुरक्षाकर्मीले सोधपुछपछि मात्रै छाडिरहेका छन् । निषेध आदेशको यो एक साताको अवधिमा अत्यावश्यक सेवा सञ्चालनमा भने रोक लगाइएको छैन । अत्यावश्यक सेवा सञ्चालनका हकमा न्यूनतम कर्मचारीबाट काम चलाउन अपिल गरिएको छ भने अत्यावश्यक सेवासँग सम्बन्धित पसललाई निर्वाधरूपमा पूरै समय सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई परिपत्र गरिएको छ । तर, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिद तथा अरू जरूरी कामको औचित्य पुष्टि नभइ बाहिर निस्किए कारबाही हुने तीनबटै जिल्लाका स्थानीय प्रशासनले चेतावनी दिएका छन् । निषेध आदेश अटेर गर्ने तथा कार्यान्वयन गर्न अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बढीमा ६ महिनासम्म कैद हुने व्यवस्था कार्यान्वन गरिने उनको भनाइ छ ।