Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंमा देखियो बर्डफ्लू

काठमाडौँ । कोरोना महामारी सुस्ताएको बेला फेरि बल्र्डफ्लुको आतंक शुरु भएको छ । काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू देखिएको छ । ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । पशु सेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले बर्डफ्लू देखिएको पुष्टि गरे ।गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सूचना अधिकारी ढकालका अनुसार त्यहाँ अनुसन्धान प्रायोजनका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमूना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भयो । बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ । रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ । साथै ललितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ ।