Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं उपत्यका छिर्दै हुनुहुन्छ १४ दिन त होम क्वारेन्टाइनमा बस्नु पर्छ नि

काठमाडौं । तपाईं राजधानी काठमाडौं छिर्ने सुरसारमा हुनुहुन्छ भने तपाईंले अब १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र जारी गरेको छ । घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्नेको भीड लाग्न थालेपछि स्वास्थ्य मन्त्रालयको अनुरोधमा गृहले पत्रिपत्र जारी गरेको हो । पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको थियो । त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिश्ल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको छ ।