Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं परिसरका डीएसपी केसीको कोरोनाले लियो ज्यान

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भएको छ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई दुइसाता अघि कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल