Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं महानगरमा २ अर्ब २५ करोड काण्ड

प्रधानमन्त्रीको नाममा मेयरले कुम्ल्याए

काठमाडौं । भ्रष्टाचार र सुशासनको देखावटी विरोध गर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको आड पाएर काठमाडौं महानगरको मेयर पदमा निर्वाचित भएका विद्या सुन्दर शाक्यले १५ वर्ष अगाडिदेखि थन्किएका नक्सा पास नहुँदै ठडिएका ठूला महल र व्यापारिक कम्प्लेक्सको निर्माण स्वीकृति प्रमाणपत्र दिलाउँदा कति कुम्ल्याए होलान् ? उचालेको कुत्ताले मृगको शिकार गर्दैन भन्छन् । तर जुद्ध शालिक अगाडिको ताम्राकार हाउस होस् वा प्रजिअ कार्यालयलाई गिज्याउँदै ठडिएको स्वास्थ्यका माफिया विशाल पण्डितद्वारा निर्मित होटल होस् । त्यहाँ माफियाकै जगजगीले काम भयो । माफियाहरूसँग तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङ अति निकट थिए । अहिले उनी पर्यटन मन्त्रालयमा सरुवा भए । तत्कालिन सहायक कार्यकारी बनेका शान्ताराज पोखरेल, वरिष्ठ अधिकृत शंकरराज कँडेल, ज्ञानेन्द्रबहादुर कार्कीसम्मको मिलेमतोमा महानगरको आम्दानीमाथि दोहन भएकै हो । कँडेल र पोखरेल अवकाश भए पनि अझै महानगरमा तुजुक चल्छ ।

तर स्थानीय तह कर्मचारीको रजाई भइरहँदा सम्भव नभएका महानगरका ऐन नियम विपरितका भ्रष्टाचारका फाइल अहिले कम्युनिष्टको खोल ओडेर विद्या सुन्दर शाक्य मार्फत् धमाधम सदर गरिँदैछ । समाचार सूत्रकाअनुसार काठमाडौं क्षेत्र नं. ९ का प्रदेश सांसद अजय क्रान्ति शाक्य, संघीय संसद कृष्ण गोपाल श्रेष्ठ, काठमाडौं १४ कि वडाध्यक्ष शोभा सापकोटानै नगर पिता शाक्यलाई फाइल सदर गराउन सहजीकरण गर्ने पात्र बनेका थिए । वैवाहिक कार्यक्रमहरूमा समेत उनीहरू यस्ता कुरा गर्न छुटाउँदैनन् । प्रधानमन्त्री ओलीले महानगरमा विद्यासुन्दरले पार्टीको बदनाम गरेकाले प्रदेश ३ मा पार्टीका वरिष्ठ भए पनि मुख्यमन्त्री पद अष्टलक्ष्मी शाक्यलाई दिन उचित ठानेनन् । उनले विद्यासुन्दर जस्तै काममा अष्टलक्ष्मी सुस्त भइन भने पार्टी जनतामा गिर्छ भनेर हेटौंडाका डोरमणि पौडेललाई प्रदेश ३ को मुख्यमन्त्री बनाए ।

नालायकहरूको भिडमा आखिर उनले पनि प्रदेशको नामाकरण गरी राजधानी समेत तोक्न सकेनन् । २ तलाको स्वीकृति लिएर ५ तलाको घर बनाउनेहरू महानगरभित्र १३ हजार रहेका छन् । यस्तो धन्दा सबै वडामा छ तर वडा नं. १४ मा अधिक संख्यामा भएका छन् । १४ वडाका सदस्य विनोद थापाको धन्दा पनि त्यस्तै हो । उनले आफ्नो बाबुको राजनीति सम्बन्धअनुसार सदस्य पदमा निर्वाचित भएपछि भूमाफियासँगको सम्बन्धबाटै कमाउ धन्दा चलाएका छन् । वडा नं. १४ मा अध्यक्ष शोभालाई परिचालनगर्ने बिनोद आफू भने ठूलो व्यापारी भएको धक्कु लगाउन पनि पछि पर्दैनन् । यस्ता कार्यकर्ताबाट नेकपाको आगामी राजनीति कसरी अघि बढ्ला शंकाको विषय छँदैछ । यसै मेसोमा पर्छन् व्यापारीक कम्प्लेक्स, होटल तथा व्यक्तिगत घर । महानगरका चक्रपथसँग जोडिएका ठाउँमा त्यस्तो निर्माण धेरै छन् ।

महानगरबाट निर्माण सम्पन्नको कागजपत्र समयमा लिन नपाउँदा बैंकमा धितो राखेर ऋण लिन नपाउने भएपछि नक्सा पास नगरी घर बनाउनेहरूले खर्च गर्न राजी भए । यो टोलीले २ अर्ब २५ करोड उठाएर मेयरलाई रु २ अर्ब बुझाएर २५ करोड बीचका दलालहरूले बाँडीचुडी गरेर कुम्ल्याएको बताइन्छ । केही समय अगाडि मेयरले पहिले मन्त्रालयमा काजमा पठाएका विवादास्पद, भ्रष्टाचारी नायक वरिष्ठ अधिकृत ज्ञानेन्द्र कार्कीलाई यही अपराधमा चलखेल गर्न मन्त्रालयबाट महानगरमै फिर्ता गरेका थिए । आफ्नो सम्पत्ति शेखपछि राज्यलाई दिने प्रचार गरेका प्रधानमन्त्री ओलीको सहमति बिना यो धन्दा सफल नहुने समाचार सूत्रको दाबी छ ।

ओलीले पार्टी सचिवालयबाट खुस्काएका काठमाडौं क्षेत्र नं. ९ का सांसद कृष्णगोपाल श्रेष्ठलाई यस्तै धन्दाको विचौलिया बनाएर संकलित कमिशन बुझाउने एजेन्ट बनाएका हुन् कि श्रेष्ठलाई मत दिने सो क्षेत्रका मतदाताहरू शंका गर्दैछन् । राज्यले पाउने राजश्व गुमाएर एजेन्टहरूले कसरी जालझेल गर्छन्, कस्ता मान्छे प्रयोग गर्छन् भन्ने कुराको नमूना काठमाडौं महानगरको रु २ अर्ब २५ करोड काण्डले छर्लङ्ग बनाएको छ । अख्तियारले मेयर शाक्यले सदर गरेका फाइल तत्कालिन कब्जा गर्ने हो, त्यो लुट छर्लङ्ग हुन्छ । तर यहाँ प्रधानमन्त्रीकै सचिवालय जोडिएकोले अख्तियार बेखवर हुनेछ ।


सम्बन्धित समाचार