Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । २७औं महाधिवेशनले जेठ २६ गते निर्वाचन गर्ने मिति तोकेको अवस्थामा सदस्यता सुद्धिकरणको नाममा पत्रकार महासंघको केन्द्रीय कार्यालयभित्र भएका जालझेलका कारण निरन्तर पत्रकारिता क्षेत्रमा रहेका सैयौं पात्रहरु सुद्धिकरणको निशानामा परेका छन् भने गैर पत्रकारका रुपमा चिनिएका अनुहारहरुलाई राजनीतिक दल निकट संगठनहरुले बोक्दाको फल केन्द्रीय कार्यालयदेखि जिल्ला शाखासम्म तालाबन्दीको शिकार महासंघ नै भएको छ । केन्द्रीय समितिले स्वीकृत गरेको सदस्यता विवरण निर्वाचन समितिलाई प्राप्त नहुँदासम्म निर्वाचन प्रक्रिया शुरु हुँदैन भन्ने जान्दाजान्दै पत्रकार महासंघको वर्तमान नेतृत्व लाचार बन्न पुगेको छ । यो अवस्थामा काम गरेर खाने पत्रकार भन्दा हप्तावारी उठाएर खाने गैर पत्रकारहरुको बोलबाला प्रत्येक संगठनमा देखिएको छ । चुनाव जित्न लेखेर खाने भन्दा होटलका मजदुर, रेष्टुराँका नानी, जिरा पसले र जुत्ता पसलेलाई सदस्य बनाएका महासयहरू अहिले सदस्यता सुद्धिकरणको रोइलो गाउँदै महासंघ केन्द्रीय कार्यालय, जिल्ला शाखामा तालाबन्दी गर्न उक्साउँदै थिए । शिक्षक, वकिल, सामाजिक अभियान्ताहरूलाई पत्रकारको मापदण्डमा राख्ने कि हटाउने ? पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शाखाका सभापतिसम्मलाई पूर्वाग्रही ढंगले नविकरण नगर्ने योजना पनि थियो । हुँदा हुँदा उमेश चौहान (कान्तिपुरका सम्पादक), दिनेश रेग्मी कान्तिपुरकै हर्ताकर्ता समेत सुद्धिकरणको नाममा फालिएछन् । यी दुवै काठमाडौं शाखाका सदस्य हुन् । सुद्धिकरणका नाममा हटाइएका अधिकांश युनियनलाई मत नदिने छन् । युनियनले जे पनि गर्छ । उसले डा. आरजु र मञ्जुलाई महासंघ सदस्य बनाउन सक्छ । किनकि रमेश लेखक कुनै बेला केन्द्रीय पार्षद् थिए । तिनको नविकरण गर्नसक्छ किनकि नेपाली पत्रकारितामा युनियन भनेको शुद्ध ऐजेरु हो । त्यसैसँग मिलेर माधवका छाउराहरू गठबन्धन गरेर महासचिवमा विजय हुने बाटो खोज्दैछन् । पत्रकारको संस्थामा लेखेर जनतालाई सचेत गराउने, विकृति र विसंगतिमाथि प्रहार गरी स्वच्छ समाजको बाटो देखाउनेहरू सदस्य हुनुपर्छ । तर महासंघको दैलोमा त्यस्ताले नेतृत्व लिए जसले आफू चुनाव जित्न रेष्टुराँका नानी, जिरा पसले, जुत्ता पसलेलाई सदस्यता दिलाए । जब नविकरण खुल्छ तीनै पहिला नविकरण गर्न पुग्छन् । पेशा भन्दा बाहिरको व्यक्ति सदस्य बनाउँदाको फल अहिले शुद्धिकरणमा देखियो । राजनीतिक ओहोदामा पुगेका र राजनीतिक नियुक्ति लिँदा फरक स्थानमा पुगेकाले नैतिक जिम्मेवारी लिने आफैंले हो । एमालेका सूर्य थापा, गोकुल बास्कोटा, राजेन्द्र गौतम, काँग्रेसका हरिहरि विरही, पोषण केसी, तारानाथ दाहाल, माओवादीका महेश्वर दाहाल, केशव नेपाल, ओम शर्माहरूको सदस्यता सुद्धिकरणमा नपर्ने त सम्पादकको भूमिकमामा रहेका उमेश चौहान र दिनेश रेग्मीहरूको शुद्धिकरणमा परेर नाम काटिने क्या कमाल गरेछ केन्द्रले ।
जुन शाखाका सदस्य शुद्धिकरणमा पर्नुपथ्र्या त्यहाँबाट केन्द्रमा पुगेका पाका, पुरानासँग सोधखोज गर्न सकिन्थ्यो । तर महासंघमा आमाको गर्वदेखिनै पत्रकारिता गरेर आएकाहरू नेतृत्वमा भएको फलबाट यो विवाद उब्जेको हो । जसरी संघीयतामा देश गए पनि शासकीय अधिकार नभएको राज्यको श्रोत खर्च गर्ने प्रदेश संरचना सेता हात्ति भएका छन् । पत्रकार महासंघमा प्रदेशहरू त्यस्तै छन् । संस्था बनेपछि तिनको काम, कर्तव्य र अधिकार हुनुपर्छ । जिल्लाले पठाएका नाम अनुमोदन प्रदेशले गर्ने, प्रदेशले पठाएपछि केन्द्रले स्वीकृत गर्ने जस्तो काँचो वायु अरु हुँदैन । स्वरोजगामूलक साना लगानीलाई छुट्टै पेशागत संगठनजरुरी प¥यो । केन्द्रमा साहुजीका पत्रकार लक्षित एजेन्डामा लोक कल्याणकारी विज्ञापन, समानुपातिक विज्ञापन नीति पर्दैनन् । विज्ञाप एजेन्सी मार्फत् मन्त्री, सचिव, विभागका महानिर्देशकसम्म विज्ञापनको भाग पुग्छ । रु १ लाखको विज्ञापन भागवण्डामा सम्बन्धित पत्रिकालाई एक भाग, सचिव, विभागीय प्रमुख र विज्ञापन एजेन्सीलाई समान भागवण्डा गर्नेहरूनै समानुपातिक विज्ञापन नीति लागू गर्न नदिएका हुन् । त्यही कान्तिपुरमा पत्रकारको पारिश्रमिक नपाउँदा त्यहाँको शाखाले आन्दोलन गर्ने हो कि जन्मदेव जैशी कालो व्यानर लिएर जाने हो ? पेशागत मर्यादा र व्यवसायिक हितका कुरा गर्ने प्रेस युनियन, चौतारी, प्रेस सेन्टरका नेतृत्व बोल्दैन । चुनाव जित्ने यी सबैले व्यवसायिक प्रतिबद्धता व्यक्त गर्छन् । तर व्यवहारमा उनीहरूको चरित्र एउटै छ । लेखेर खाने भन्दा नेताको चाकडी गरेर टिकट लिने, भोज लगाएर चुनाव जित्ने अवस्था अहिले छैन । देश कता जाँदैछ नेतृत्वलाई सबक सिकाउन पद र कुर्सीमा लिप्त चरित्रमाथि प्रहार गर्ने प्रेस जगत आफैंले चुनाव जिताएको नेतृत्वसँग झगडा गर्नु पर्ने अवस्थामा पुग्नु जस्तो लज्जा अरु हुँदैन । वामपन्थीहरूको सहकार्य जरुरी छ । ठूला संगठनले नेतृत्वको दाबी गर्न सुहाउँछ जसको हैसियत छैन त्यसले ठूलो भाग खोज्दा कुरो बिग्रन्छ । अहिले कुरा बिगार्ने काम समाजवादी प्रेसले गरेको छ । त्यो सत्य बुझ्न जरुरी छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल