Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कार्यविभाजनबारे माओवादीमा छलफल

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ । स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने माओवादी तयारी छ । एमाले माओवादी मिलेर बनेको नेकपा पूर्ववत् अवस्थामा फर्केसँगै नेकपा माओवादीका विभिन्न जिल्लामा नेताहरुको कार्यविभाजन हुन बाँकी छ । माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आगामी निर्वाचनसम्म नै वर्तमान ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यक्ता पनि प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।