Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
लिगेश भट्टराई अहिलेका चलेका कोरियोग्राफर हुन् । छोटो समयमै चर्चामा आउन सफल कोरियोग्राफर लिगेश भट्टराई दशक भन्दा बढी समय देखि चलचित्र र म्युजिक भिडियो निर्देशनको क्षेत्रमा काम गर्दै आएकाले अहिले यो सफलता हासिल गरेका हुन् । गीत गाउन, नृत्य गर्न, रुचाउने भट्टराई आफै पनि मोडलिङमा सक्रिय देखिन्छन् । दर्जन बढी भिडियोमा देखिएका भट्टराईको पछिल्लो समय नृत्याङ्गना सन्ध्या घताने ‘सन्ध्या सानु’सँगको जोडीलाई दर्शकले रुचाएका कारण स्टेज कार्यक्रमहरूमा उनिहरूको जोडीको अत्याधिक माग हुने गरेको छ । बहुप्रतिभाका धनि लिगेश भट्टराईसँग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः
० पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
निकट भविष्यमा विदेशमा हुन गैरहेको साँस्कृतिक कार्यक्रमको लागि पूर्व तयारीमा व्यस्त छु ।
० एकल प्रस्तुति हो कि ?
होईन, कार्यक्रममा त धेरै कलाकारहरूको आआफ्नो प्रस्तुति रहने छ भने उक्त कार्यक्रममा म र अहिलेकी चर्चित नृत्याङ्गना सन्ध्या घताने ‘सन्ध्या सानु’ को नृत्य रहने छ । पछिल्लो समय हाम्रो जोडीलाई पनि दर्शकहरूले औधि रुचाउन थालेकाले यो पटक पनि हामीसंगै प्रस्तुति दिंदैछौं ।
० नृत्य निर्देशक पनि हुनुहुन्छ नाच्न सजिलो कि नचाउँन ?
कुनै पनि काम सजिलो हुन्न । आफुले नचाउदै गरेको कलाकारसंग नृत्यको ज्ञान कति छ । नृत्यको ज्ञान भएकोलाई नचाउन सहज र सजिलो हुन्छ । जो यस क्षेत्रमा नयाँ हुनुहुन्छ उहाँलाई नचाउन अलि गाह्रो हुन्छ । जहाँसम्म मेरो सवाल छ मलाई त कुनै पनि शैलिको गीतमा नाच्न सक्छु भन्ने आत्मविश्वास छ ।
० तपाईं त चलचित्रमा पनि कोरियोग्राफरको रूपमा काम गरिसक्नु भएको मान्छे भिडियोमा आउनुको कारण ?
दुईवटा चलचित्रको लागि कुरा चलिरहेको थियो त्यही समयमा कोभिड भित्रियो । लामो समय लकडाउन चलेपछि चलचित्र निर्माण ठप्प भयो र चलचित्र भन्दा पनि म्युजिक भिडियो निर्माणले व्यापकता पाउन थालेपछि यतै व्यस्त भइयो र अहिले पनि सक्रिय नै छु ।
० अब चलचित्रमा फर्कने सोच छैन ?
किन नहुनु । चलचित्र क्षेत्रबाट आएकोले चलचित्रमा नै एउटा कुशल कोरियोग्राफरको पहिचान स्थापित गराउन अहिले पनि लागि परिरहेको छु ।
० अहिलेसम्म चलचित्र र भिडियो गरि कति वटामा कोरियोग्राफर गर्नु भयो ?
अहिलेसम्म एक दर्जन भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरेको छु भने ३०० भन्दा बढी म्युजिक भिडियोमा कोरियोग्राफर गरिसकेको छु ।
० यो रहरको क्षेत्र भन्छन् नि ?
रहरले आउनेहरू हराउदै जान्छन्, हामी जस्तो यही क्षेत्रमा केही गर्ने सोचले संघर्ष गरिरहेकाहरूको जिबिका पनि चलिरहेको छ । आर्थिक दृष्टिकोणले पनि पहिलेको भन्दा अहिले धेरै राम्रो छ । म त आफ्नो पेशाबाट सन्तुष्ट छु ।
० निर्देशकको जिम्मेवारी कत्तिको हुन्छ ?
एउटा चलचित्र वा भिडियो सफल हुनमा निर्देशकको महत्वपूर्ण भूमिका रहन्छ । त्यसमा पनि युनिटमा टिमवर्क हुनु जरुरी हुन्छ ।
० कस्तो खालको काम गर्न रुचाउनु हुन्छ ?
दीर्घकालीन रूपमा राम्रो सन्देश जाने खालको कालजयी गीतमा काम गर्ने मन छ मलाई ।
० यति धेरै भिडियो बनाई सक्नु भयो त्यस्तो गीत फेला परेन त ?
जति पनि गीतको भिडियो बिगतमा गरियो प्रायः ति सबै श्रष्टाको सहजताको हिसाबले गरियो । गीतकारको आफ्नै भनाई हुन्छ भने गायक र संगीतकारको पनि कुरा सुन्नु पर्ने र जसले लगानी गरेको हुन्छ उसको पनि आफ्नै धारणा हुन्छ । सबैको चित्तबुझ्दो गरि काम गर्नुपर्ने भएकोले कतिपय अवस्थामा निर्देशकले एकल निर्णय लिन नसक्दा गीतले खोजेको जस्तो पात्र र दृश्यको अभावले पनि गीतले न्याय पाउँन सक्दैन । जसले गर्दा निर्देशकीय क्षमता आझेलमा पर्ने गर्छ ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल