Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कास्कीमा पौडेल भिड्न तयार

काठमाडौं । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी पनि संसदमा जानु पर्ने रोगले नेकपाका वरिष्ठ नेता वामदेव गौतमलार्ई झैं गाँजेको छ । पौडेलले पोखरा क्षेत्र नं. २ को उप निर्वाचनमा भिड्ने अपेक्षा गरेका छन् । पार्टीको वरिष्ठ नेता भएकाले उनले चाहेमा टिकट नपाउने प्रश्नै छैन । गण्डकी प्रदेशका काँग्रेसीहरू पनि कास्की क्षेत्र नं. २ मा रामचन्द्र पौडेललाई भिडाउन सके नेकपाको नेतृत्वले अहिले देखाएको अहंकार सर्वसत्तावादको दोहोलो काढिने विश्वास गरेका छन् । उता, चुनावमा पार्टीमाथि अन्तरघात गरेको आरोप लगाएर कारबाहीको सूचि तयार पारेको नेपाली काँग्रेसको संस्थापनपक्षनै अन्तरघाती भएको ठहर कार्यकर्ताले गरेका छन् । काँग्रेसको सदस्यता लिएपछि राजनीतिक नियुक्ति लिन पाइने त्यस्तै सदस्यता लिएका नेकपाका समर्थकले कही नियुक्ती लिन नहुने नेपाली काँग्रेका नेताहरूको व्याख्या हुन्छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाबाट त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाइएका डा. तीर्थ खनिया अन्तरघातको पेलाइमा परेका छन् । रामचन्द्र पौडेल आफूबाहेक अरुलाई सांसद बन्न नदिने योजनामा लाग्दा काँग्रेसको गढ तनहुँ आगामी दिनमा समेत नफर्किने गरी नेकपाको कब्जामा गयो । उनले गोविन्दराज जोशीको उम्मेदवारी रद्द गराए । तर आफू अबका दिनमा सांसदको उम्मेदवार बन्न नसक्ने गरी बदनाम भएको थाहा पाएनन्, शेरबहादुर देउवा, डा. आरजु राणासमेत अन्तरघाती र असक्षम भएको पुष्टि भयो । नेताहरूनै एकले अर्काको विरुद्ध षड्यन्त्र गर्दा बच्ने कोही भएन । स्याङ्जाका गोपालमान श्रेष्ठ, झापाका कृष्ण सिटौला, काठमाडौंका प्रकाशमान सिंह, ललितपुरका ओमकार श्रेष्ठजस्ता नेताहरू अन्तरघाती भएको आरोप लागिरहँदा भिष्म आङदम्बेको अनुशासन समितिको छानविनले कस्तो अर्थ राख्ला ? काँग्रेसभित्र यो विषयले ठूलै अर्थ राखेको छ । समितिमा १२ सय उजुरीको छानविन कम चलेको छ । आपूmले टिकट पाए ठिक नपाए अन्तरघात काँग्रेसको गुण हो । त्यो क्रममा नुवाकोटका अर्जुननरसिंह केसी र डा. रामशरण महत दुवैले दुवैलाई हराउन सक्रिए भए । उनीहरू सफल पनि भए । भूकम्प पीडितको जस्ता बेच्ने डा. महत त्यो बेला अर्थमन्त्री थिए । सत्तामा बसेर राज्यकोष लुटेर पैसा बाँड्नेहरूको पैसा मतदाताले खाए भोट दिएनन् । डा. प्रकाशशण महतको पैसा बाँड्न काठमाडौं क्षेत्र नं. ५ को बसुन्धारा सुपर मार्केटमा भेला भएका ठेकेदार बहादुर सिंह लामाको समूह त्यही बेला रंगेहात परेको थियो । तर सत्तामा देउवा भएका डा. महतको उम्मेदवारी रद्द नभएको हो । काँग्रेसको भद्रगोल देउवाले मेट्न सक्ने अवस्था छैन । त्यही कारण डा. शेखर कोइराला र कृष्ण सिटौलाको टोली मिल्यो भने महाधिवेशनले नयाँ युवा जमातलाई नेतृत्वमा ल्याउने विश्वास गरिँदैछ ।


सम्बन्धित समाचार