Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशको अभिभावक राष्ट्रपति स्वतन्त्र निष्पक्ष हुनुपर्नेमा पार्टीको निर्देशनमा चल्ने भए । काँग्रेसले डा. रामवरण यादवलाई राष्ट्रपति बनायो । उनी अत्यन्त पूर्वाग्रही र राजनीतिक संकीर्ण थिए । देशको गणतन्त्रमाथि चुनौती दिँदै तत्कालिन माओवादीमाथि प्रहार गर्न तत्कालिन एमालेका केपी गु्रप र नेपाली काँग्रेस नांगै उत्रिए । डा. रामवरण सारथी भए । यिनले कानुन माने की कतैको निर्देशन ? राज्यको धन दोहन गर्न राष्ट्रपतिको गासबासको व्यवस्था गर्ने कानुन बनाइयो । त्यहाँ राजनीति समाजसेवा हो भन्ने छनक राखिएन । उपचारका नाममा राज्यबाट डा. रामवण यादवले कति लिए ? उनले देशको गरिबी, अशिक्षा, अभाव, भोकमरीको ख्याल गरेनन् । म सेवा सुविधा लिन्न भनेनन् । पाएसम्मको सुविधा हत्याउन उनको लोभी पन हटेन । डा. यादव आफैं चिकित्सक थिए । उनी एक छाक खानै समस्या भएका मानिस पनि होइनन् । अहिले उनले दलहरू संविधान र कानुन अनुरुप चलेका छैनन् भनेका छन् । तर नेपाली काँग्रेस हो यो भद्रगोलको नायक । संविधान जारी गर्दा काँग्रेस थियो ।आन्दोलनको नेतृत्व गरेको अहंकारमा काँग्रेसले राजनीतिक सहमति तोडेर निरन्तर सत्तामा बस्ने चाहना राख्ने शक्तिका रुपमा आफूलाई देखायो । त्यसका सहयात्री डा. रामवरण यादवको शिक्षा कसका लागि ?
अहिले विद्यादेवी भण्डारी त्यही पदमा छिन् । नेपालका राष्ट्रपतिहरू राष्ट्रका हुन् कि कतैका जासुस हुन् ? विद्याले निष्पक्षता मात्र होइन पार्टीका विभागहरूको चासो लिने सरकारमा मन्त्री नियुक्तिमा भाग खोज्ने गरिन् । डा. रामवरणले छोराका लागि निकै लडेका हुन् । कम्युनिष्ट पार्टीको देशमा सरकार छ कम्युनिष्टले जनतालाई सताउनु हुँदैन । आफू सडकमा यात्रा गर्दा निरंकुश राजतन्त्रकालीन संस्कार नचलाउन सेनाको नेतृत्वलाई भन्न विद्याले सकिनन् । उनको बग्गी जात्रा आलोचित भयो । राष्ट्रपति डा. यादवले आफूमा आएको राजकीय औकात सरल बनाएको भए शायद विद्यालाई त्यो बाध्यता हुने थियो । विद्या आफैं राजनीतिक रुपमा सचेत थिइन् । तर यिनले आफ्नै लोग्ने मारिएको घटना कहिल्यै कोट्याइनन् । कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा हुँदा हुँदै राष्ट्रपतिका लागि आएको अवसरलाई प्रगतिशिल ढाँचामा विद्याले परिवर्तन गर्न सक्थिन् । उनले पनि त्यसतर्फ सोचिनन् । किनकि नेताहरूमा पाएको सेवा सुविधा त्याग्न नसक्ने प्रवृत्ति विद्यामा कम हुने अरुमा बढी हुने होइन । उनले षड्यन्त्रपूर्वक भएको दासढुंगा हत्याकाण्डमा चासो दिइनन् । उनी २ पटक मन्त्री भइन् । रक्षामन्त्री बन्दा बढी विवादित थिइन् । रहस्यपूर्ण दासढुंगा हत्याकाण्ड एमालेको कमाई खाने भाँडो भयो । माधव नेपाल प्रम थिए विद्याले बिगारेको बाटो माधवले सुधार्नु परेको थियो । काँग्रेसका आडमा नेपालले संसदको ठूलो दल तत्कालिन माओवादीमाथि गर्नु गरेका हुन् ।
देश, काल, परिवेशका खेल हुन्, नेताहरूको लोभी पापी पन । अहिले डर उनीहरूलाई छ जो हिजो सत्तामा रहँदा गरेका अपराधले ग्रस्त छन् । स्वच्छ छविका नेताको खडेरी परेको अवस्थामा राष्ट्रपतिहरूलाई मात्र स्वच्छ खोजेर कहाँ पाइन्छ ? ब्यूरोक्रेसी त्यस्तै छ, प्रहरी, सशस्त्र प्रहरी, सेनामा त्यस्तै छ । राजनीतिज्ञहरूले प्रहरीलाई बधुवा राख्ने, प्रहरी र सशस्त्रका पूर्व हाकिमहरूले बधुवा झैं प्रहरी कजाउने प्रवृत्ति किन नामेट हुँदैन ? किन चाहिएको छ पूर्व राष्ट्रपतिलाई सेना र सशस्त्रको सुरक्षा भीड ? पदीय हैसियतले बढीमा पाँच जनासम्म राखेर हिँडडुल गर्दा आफ्नै गाडीमा अट्ने गरी सुरक्षा टिम लिए हुन्छ । तर यहाँ सामन्तवादी चिन्तनका महासेठहरू धेरै छन् । अगाडि पछाडि पछुवा र अगुवा लगाएर देशको सुरक्षा जनशक्तिको अर्थ हिन परिचालन, इन्धनमा अनावश्यक बजेटकै खर्च किन गरिँदैछ । जनताको पक्षमा वकालत गर्ने काँग्रेस होस् वा कम्युनिष्ट यी पार्टीका नेताको अन्तिम लक्ष्य समाजवाद भन्छन् । तर व्यवहार सामन्तवादलाई उछिन्ने छ । नेताकै घरमा छ शोषण, बालमजदूर कजाउने प्रवृत्ति । कुन नेताको घरमा छैन बधुवा मजदुर । एमालेको बालअधिकार सरोकार केन्द्रका गौरी प्रधानले त्यसको खोजी गर्छन् ? मानवअधिकार ठेकेदार राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल त्यो हेर्छन् ? एमाले कोटामा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य गौरी भएकै छन् । आफू भलो त जगतै भलो भन्ने उखान छ । त्यो उखानमा नेता राष्ट्रपतिहरू छन् । यिनीहरूले सबैलाई सुविधा, भीड लिएर आपैंm हिँडेझैं हिँडेका सोचेका छन् । यस्तो स्वार्थी सत्तालम्पट सरकारमा डा. रामवण यादवको उपदेशको अर्थ रहँदैन ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल