Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किमकोे स्वास्थ्य अवस्थाबारे ट्रम्पको यस्तो दावी

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको सूचनामा सत्यता नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ट्रम्पले कोरोना भाइरस सम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् ।
‘उनी बिरामी भएको सूचना विभिन्न माध्यमबाट मैले पाएँ, मलाई लाग्छ उनी बिरामी भएका विवरण अरु असत्य हुन्’, ट्रम्पले भने, ‘मलाई लाग्छ किमको स्वास्थ्य अवस्थाबारेको रिपोर्ट सही छैन । मैले सुने अनुसार समाचार सार्वजनिक गर्ने ‘नेटवर्क’ले पूरानो कागजातलाई सूचनाको आधार बनाएको छ ।’ राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण समेत गरे । यसअघि ट्रम्पले गत मङ्गलबार किम गम्भीर विरामी भएको सूचना आएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएका थिए । नेता किम यही अप्रिल १५ तारिखमा आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित भएको समाचारहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका थिए ।


सम्बन्धित समाचार