Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अर्जुन ज्ञवालीद्वारा लिखित गोरखनाथ दर्शन पुस्तक बजारमा आएको छ । यसभन्दा अगाडि ब्रदर बुक्स प्रकाशनद्वारा प्रकाशित महायोगी गुरु गोरखनाथ अवरण र एकीकरण, इन्डिगो इन्कद्वारा प्रकाशित महायोगी गुरु गोरखनाथ र नेपाल भन्दा यो पुस्तक भिन्न छ । किनकि यसमा शिव अवतारी गोरखनाथको दर्शनको विषयमा चर्चा गरिएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कृष्णचन्द्र शर्माको विशेष भूमिका र प्राध्यापक माधव भट्टराईको गहन भूमिका रहेको छ । योगी नरहरिनाथपछि नाथ साहित्य, दर्शन र इतिहासमा सशक्त कमल चलाउँदै आइरहनुभएका अर्जुन ज्ञवालीको यो पुस्तक अत्यन्त महत्वपूर्ण रहेको छ । शायद नेपालमा गोरखनाथको दर्शनमा केन्द्रीत भएर लेखिएको यो पहिलो पुस्तक हो । भारतमा अक्षयकुमार बनर्जीले अंग्रेजीमा फिलोसोफी अफ गोरखनाथ लेखेका छन् ।
पुस्तकमा दर्शनको पक्ष त छँदैछ यो भन्दा पनि सूचनाहरू प्रयाप्त मात्रामा रहेका छन् । गोरखनाथको उपदेश, गोरखबाणिदेखि गोरखनाथको दर्शन पक्षका धेरै पाटाहरू एउटै पुस्तकमा पाउन सकिन्छ । ५४० पृष्ठ रहेको गोरखनाथ दर्शन पुस्तक ब्रदर बुक्स प्रकाशनले बजारमा ल्याएको छ । पछिल्लो चरणमा राष्ट्रगुरु योगी नरहरिनाथले भौतिक शरीर यो धर्तीबाट छाडेपछि नाथ साहित्य दर्शनको लेखन धारा करिब करिब टुटेको अवस्था थियो । लेखकले यो गहनतम भार ग्रहण गर्दै अत्यन्तै गहन रूपमा कलम चलाउनुभएको छ । लेखकले आफू लेखक नभएर प्रस्तोता मात्रै हो भन्नुभएको छ । उहाँले आफूलाई कहिल्यै पनि लेखक दाबी गर्नुभएको छैन । भूमिकामै प्रस्तोताको कथन भनेर लेखकले भनेका छन्, नयाँ शिक्षाको विद्यार्थी भएकाले भाषामा मेरा कतिपय कमी कमजोरी हुन सक्छन् त्यसलाई विज्ञ पाठकको सुझावअनुसार आगामी संस्करणमा सुधार गरिनेछ । गुरु परम्परामा आधारित नाथ धारा अत्यन्त समृद्धशाली र वृहत व्रम्हाण्डीय जीवन दर्शन हो । नेपाल एकीकरणमा शिव अवतार गोरखनाथ, उनकाँका अनुयायी सिद्ध भगवन्तनाथको शुक्ष्म भौतिक, नैतिक, कुटनीतिक सहयोगको आधार र जगमा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण प्रक्रिया, बहादुर शाहको कार्यकालमा एकीकरणको निरन्तरता विशालीकरण भएको थियो । यसकारण पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा यो असली हिन्दूस्थाना रहेछ, आ–आफ्ना कुला धर्म नछोड्नु भनेका छन् । यसकारण अहिले कतिपयले २०१९ सालभन्दा अगाडि नेपाल हिन्दू राष्ट्र थिएन भन्नेहरू अबुझ, पटमुर्ख र चण्डालहरू मात्रै हुन् । नेपालको पुनः एकीकरणका क्रममा नै गोर्खाली सेनाको धुन जयजयकाली जयजय गोरख रहेको छ भने सेनाको लोगो डम्बरु र त्रिशुल छ । जो भगवान शिवको प्रतिक हो । यसकारण नेपालको एकीकरण नै धार्मिक र साँस्कृतिक एकीकरण हो । राजा महेन्द्रले २०१९ सालमा मात्रै नेपाललाई हिन्दू अधिराज्य बनाएका हुन् भन्नेहरू जोसुकै हुन् ती पश्चिमी फिरङ्गीका अनुचरहरू हुन् । नेपालको साँस्कृतिक इतिहासलाई पश्चिमा क्रिश्चियनको दानापानीमा कलम चलाउने पछिल्ला इतिहासकारहरूले उल्लेख गर्दैनन् । योगी नरहरिनाथ र सूर्यविक्रम ज्ञवालीबाहेक कसैले पनि नेपाल एकीकरणमा शैव नाथहरूको भूमिकालाई उल्लेख गरेका छैनन् ।
रणबहादुर शाहको समयमा दरबारमा प्रवेश गरेका वैष्णवहरूका कारण नेपालले किर्ते सुगौली सन्धिमार्फत् विशाल भूभाग गुमाउन पुग्यो । त्यो किर्ते सुगौली सन्धि गर्ने चन्द्रशेखर उपाध्याय दाहाल र गजराज मिश्र वैष्णव थिए । यी कुराहरूलाई प्रमाणसहित गोरखनाथ दर्शनमा समावेश गरिएको छ । जब जब नेपालको दरबारले नाथ योगीहरूको सुझाव र सल्लाह बेवास्ता गर्दै गएको छ । तब तब क्षति हुँदै गइरहेको छ । रणबहादुर शाहको समय कालमा दरबारमा प्रवेश गरेका वैष्णवहरूले राजालाई विष्णुको अवतार भन्दै नेपाल एकीकरणको जगलाई कमजोर बनाउन भूमिका निभाए । वि.सं. १९०३ को कोतपर्वपछि त राणाहरूमार्फत् ब्रिटिश आड भरोसामा उनीहरूकै हालीमुहाली चल्यो ।
विश्वव्यापी रूपमा चलेको स्वतन्त्रताको लहरसँगै साम्राज्यवादविरुद्ध भारतमा भएको ब्रिटिश छोड आन्दोलनका योद्दा गोरखनाथ धाराका योगी नरहरिनाथद्वारा नाथ गुरु परम्पराबाट नेपालको इतिहासको पुनर्जागरण हुन गयो । राणाहरूले नेपालमा प्रकाशित गर्न नदिएपछि वि.सं. १९७२ मा सूर्यविक्रम ज्ञवालीले योगी नरहरिनाथको सल्लाहमा दार्जिलिङबाट पृथ्वीनारायण शाहको इतिहास प्रकाशित गर्नुभयो । पृथ्वीनारायण शाहका दिव्य उपदेश नेपालमा राणाहरूले प्रकाशित गर्न नदिएपछि योगी नरहरिनाथले दार्जिलिङबाट प्रकाशित गर्नुभयो । वि.सं. २००७ सालमा टंकप्रसाद आचार्यले नेतृत्व गर्नुभएको प्रजा परिषद्ले ब्रिटिशहरूको गुलाम राणा शासनलाई फाल्यो । तर, ब्रिटिशहरूले आफ्नो कठपुतली बीपी कोइरालालाई स्थापित गरे । वि.सं. २०१६ सालमा योगी नरहरिनाथले जम्मा गरेका ऐतिहासिक दस्तावेजहरूमा बीपी कोइरालाले आगो लगाउन लगाए । २०१७ साल पौष १ को राजा महेन्द्रको कदमपछि योगी नरहरिनाथले इतिहासको पुनर्जागरणको काम अगाडि बढाउनुभयो । तर राजा महेन्द्रको हत्यापछि फेरि योगीमाथि आक्रमण भयो । वि.सं. २०३४ सालमा तत्कालित पञ्चायती सरकारले रानी ऐश्वर्यको निर्देशनमा जेलमा हालेर करेन्ट लगाए । वि.सं. २०५५ सालमा गिरिजाप्रसाद कोइरालाले पशुपतिको मृगस्थलीमा योगीका दस्तावेजमा आगो लगाउन लगाए । यो अवस्थामा वि.सं. २०५९ सालमा योगी नरहरिनाथले यो धर्तीबाट बिदा लिनुभयो । तत्पश्चात् योगीका दस्तावेजहरू चाबी लगाएर सडाइयो, धमिरा लगाइयो । यो अवस्थामा रोकिएका षड्यन्त्रहरूलाई चिर्दै अर्जुन ज्ञवालीले तिव्र र वेगवान गतिमा नाथ साहित्य इतिहास र दर्शनमा कमल चलाउन थाल्नुभयो । २ वर्षको अन्तरालमै आधा दर्जन प्रकाशित र प्रकाशोन्मुख ग्रन्थहरू तयार गर्नु चानचुने कुरा होइन । महयोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, महायोगी गुरु गोरखनाथ र नेपालपछि प्रकाशित यो गोरखनाथ दर्शन हो । मच्छिन्द्रनाथ इतिहास, दर्शन र संस्कृति, नेपाल एकीकरणमा सिद्ध भगवन्तनाथ लगायत प्रकाशित हुन लागेका पुस्तक पनि नाथ दर्शन र इतिहासकै पार्ट हुन् । गोरखनाथ दर्शनले पाठकलाई धेरै कुराको जानकारी दिन सक्षम छ । एक पटक यो पुस्तक सबैले अध्ययन गर्नु पर्दछ । पुस्तक संग्रहणीय र भोलिका पुस्तालाई गोरखनाथ धारा बुझ्न सहयोगी हुनेछ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल