Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कीर्तिपुरमा क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्दै नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोली आजदेखि घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज खेल्दैछ। सिरिजको पहिलो खेल आज बिहान सवा ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुनेछ। १५ फेब्रुअरीबाट लिग टु सिरिजको तयारीका लागि नेपाल र क्यानडाका क्रिकेट संघले यो सिरिज गर्ने तयारी गरेका थिए। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन्। सिरिजमा युवा खेलाडीलाई अवसर दिने बताउँदै उनले क्यानडालाई कमजोर भने आँकलन नगरेको बताए। पछिल्लो समय क्यानडाले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ। नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएर क्यानडाको मुख्य प्रशिक्षक बनेका थिए। उनै पूर्व प्रशिक्षकविरुद्ध नेपाली टोली मैदानमा उत्रिन लागेको हो। खेल एक्सन स्पोर्ट्स वान टेलिभिजन र डिसहोम गो एपमार्फत प्रत्यक्ष हेर्न सकिने नेपाल क्रिकेट संघले जनाएको छ। खेलका लागि क्यानले २५० रुपैयाँको टिकटको व्यवस्था गरेको छ। क्यानडाले आईसीसी टी(२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी २० विश्वकपमा स्थान बनाएको छ। नेपाल र क्यानडाबीचको ३ खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ। क्यानडाविरुद्ध बायाँ हाते फास्ट बलर रजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा बोलाइएको छ। रजन लिग टु खेल्ने टोलीमा समेत छन्। नेपालले आईसीसी विश्वकप लिग टु को पहिलो सिरिजअन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल