Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुटपिटको अभियोगमा २ युवा पक्राउ

सप्तरी । गाईबस्तु चराउने बिषयमा विवाद हुँदा ५ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा नगरपालिका(३ कन्चीरा टोल बस्ने २२ वर्षीय अशोक सदा लगायत २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । खडक नगरपालिका(४ पन्सरो बस्ने १९ वर्षीय उमेश ठाकुर सहित ५ जनालाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सबै घाइतेहरुलाई उपचारका लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार